ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँकडभिट्टाबाट आउने पर्यटकको संख्यामा वृद्धि


एबीसी न्यूज
पुस २३, २०७४ आईतबार  १ : २५ बजे

काँकडभिट्टा, २३ पुस  ।  पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएकोे काँकडभिट्टा अध्यागमन कार्यालयले जनाएको छ । सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेका कारण पनि नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको हो ।

कार्यालय प्रमुख रामप्रसाद फुयाँलले सन् २०१७ मा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या सात हजार ५२८ पुगेको जानकारी दिए ।
यो संख्या सन् २०१६ को तुलनामा एक हजार ३२३ जनाले बढेको हो । यस वर्षमा पूर्वीनाका हुँदै पैदल मार्ग भएर सबैभन्दा बढी युएसए र भुटानी पर्यटक नेपाल घुम्न आएका छन् तर हरेक वर्ष बंगलादेशी पर्यटकको संख्या वृद्धि भए पनि सन् २०१७ मा पूर्वी नाका हुँदै नेपाल आउने बंगलादेशी पर्यटकको संख्यामा भने कमी आएको कार्यालयको तथ्यांकले देखाएको छ ।

सन् २०१६ मा यो नाका भएर दुई हजार ३४८ बंगलादेशी पर्यटक नेपाल आएका थिए । सन् २०१७ मा दुई हजार २५ जना मात्र आएका छन् । यो संख्या सन् २०१६ को तुलनामा ३२३ जनाले कमी हो ।

विसं २००८ मा दिल्लीको ताज होटलमा आक्रमण भएलगत्तै भारतले बंगलादेशीलाई दोहोरो प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउन छाडेका कारण त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिएको कार्यालय प्रमुख फुँयालको भनाइ छ । यो वर्ष एक हजार ६१६ भुटानका र ८८२ युएसएका पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सम्बन्धित

सुनको मूल्य ३ लाख ३९ हजार नाघ्यो

तीन वर्षमा २०७९ का चुनावी घोषणापत्रहरू :वाचा ठूला, कार्यान्वयन फितलो,कति अधुरा ? (तालिकामा विस्तृत)

सुनको भाउले विश्व अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव

मेलम्ची बाढीः जलवायुजन्य हानी नोक्शानी कोषका लागि मेलम्ची बाढी सशक्त आधारः विज्ञहरु

अर्बौंका पाइपलाइन प्रोजेक्ट अघि बढाउँदै आयल निगमभारतबाट पाइपबाटै ग्यास ल्याउने तयारी

सुन–चाँदीको मूल्यमा नयाँ रेकर्ड ,तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com