काठमाडौं । भारत विश्वव्यापी लोकतान्त्रिक मूल्यहरू बलियो बनाउन साझेदारहरूस“ग काम गर्न तयार रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभयो । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको लोकतन्त्रको शिखर सम्मेलनमा भाग लिएको भोलिपल्ट प्रधानमन्त्री मोदीको उक्त भनाइ आएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार लोकतन्त्रका लागि पहिलो शिखर सम्मेलन शुरु गर्नुभएको हो ।
प्रधानमन्त्री मोदी बाहेक फ्रान्स, क्यानडा, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, जापान, इजरायललगायतका लगभग ८० देशका विश्व नेताहरूले उक्त भर्चुअल सम्मेलनमा भाग लिनुभएको थियो । शिखर सम्मेलनले लोकतन्त्रले सामना गर्ने चुनौती र अवसरहरूमा केन्द्रित रहेको थियो । शिखर सम्मेलनले नेताहरूलाई व्यक्तिगत र सामूहिक प्रतिबद्धता, सुधार र लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि स्वदेश तथा विदेशमा भएका पहलहरू घोषणा गर्न मञ्च प्रदान गर्ने बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्