ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘राष्ट्रियता र राष्ट्रिय एकताका विषयमा सबै दल एक हुनुपर्छ’


एबीसी / संवाददाता
मंसिर २४, २०७८ शुक्रबार  ६ : ०८ बजे

काठमाडौं । राष्ट्रियता र राष्ट्रिय एकताका विषयमा देशका सबै राजनीतिक शक्ति एकजुट हुनुपर्नेमा विभिन्न दलका नेताले जोड दिनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवम् सांसद दुर्गा पौडेलले राष्ट्रियताका विषयमा निकास दिने गरी सबै दलले विचार बनाउनुपर्ने बताउनुभयो । देशमा देखिएका विभिन्न खाले समस्या समाधानमा पनि दलीय एकता हुनुपर्नेमा जोड दिनुहँदै उहाँले कांग्रेसका १४औँ महाधिवेशनले त्यस दिशामा पहल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा ९माले०का महासचिव सिपी मैनालीले प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको नेतृत्वमा शुरु भएको नेपालको प्रजातान्त्रिकरणलाई बाह्य हस्तक्षेपमुक्तरूपमा अघि बढाउन कांग्रेसको महाधिवेशन सफल हुनुपर्ने बताउनुभयो । बाह्य हस्तक्षेपकै कारण विसं २००७ मा आएको प्रजातन्त्र आउने जाने भइरहेकाले असङ्लग्नताको नीतिलाई अझै प्रभावकारीरूपमा कार्यान्वयन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । देश जोगाउने मुद्दामा सबै दल एकजुट हुनुपर्ने नेता मैनालीको आग्रह थियो । तटस्थता र पञ्चशीलको सिद्धान्तलाई सबै दल एवम् तीनका नेतृत्वमा बन्ने सरकारले पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले वडातहसम्म एकता, उत्साह र रुपान्तरणको सन्देश लैजान महाधिवेशन सफल हुने बताउनुभयो । राजनीतिमा लोभ, भ्रम र त्रासको खेती अन्त्य गरी आशाको दियो जगाउनु महाधिवेशनको लक्ष्य रहेको उहाँको विचार थियो ।

काठमाडौँ कांग्रेसका सभापति सबुज कृष्ण बानियाँले देशमा सबै कुराको व्यवस्थापन गर्न पार्टीको १४औँ महाधिवेशन सफल हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेसको मोबाइल एपसमेत सार्वजनिक गरिएको थियो । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वमहामन्त्री खुमबहादुर खड्काको स्मृतिमा प्रकाशन गरिएको पुस्तक विमोचन गर्नुभएको थियो । यसअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका संस्थापक नेताको तस्बिरमा माल्यार्पणसहित दीप प्रज्वलन गरेर महाधिवेशन उद्घाटन गर्नुभएको थियो ।

कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन समारोह अहिले भृकुटीमण्डपमा चलिरहेको छ । कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताले शुभकामना मन्तव्य व्यक्त गरिरहनुभएको छ । महाधिवेशनका देशभरबाट चार हजार ७०० महाधिवेशन प्रतिनिधि राजधानी आएका छन् । शनिबार आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्न उम्मेद्वारी दर्तासहित बन्दसत्र शुरु हुने कांग्रेसले जनाएको छ । सोमबार नयाँ नेतृत्वका लागि मतदान हुने कार्यक्रम छ । महाधिवेशन उद्घाटनअघि राजधानीका विभिन्न स्थानबाट जुलुससहित कांग्रेस कार्यकर्ता भृकुटीमण्डप आएका थिए ।

महाधिवेशन उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको छ । हिमाल, पहाड, तराइका विभिन्न क्षेत्रमा प्रचलनमा रहेको सांस्कृतिक झाँकी पनि महाधिवेशनस्थलमा प्रस्तुत गरिएको छ । महाधिवेशनस्थलमा स्वास्थ्य परीक्षणसहित रक्तदान पनि आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

सम्बन्धित

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com