काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले १४औं महाधिवेशनमा पेस गरिने राजनीतिक, आर्थिकसहितका प्रतिवेदन पारित गरेको छ ।सानेपास्थित पार्टी मुख्यालयमा बसेको वर्तमान कार्यसमितिको अन्तिम बैठकले महाधिवेशनसम्बन्धी तीन प्रतिवेदन पारित गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महामन्त्रीद्वयको तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा सांगठानिक प्रतिवेदन पेस गर्नुभएको थियो । बैठकले उक्त प्रतिवेदन संशोधनसहित पारित गरेको शर्माले जानकारी दिनुभयो ।
त्यस्तै कोषाध्यक्षका तर्फबाट लेखासम्बन्धी प्रतिवेदन पेस भएर पारित भएको छ । प्रतिवेदनअनुसार कांग्रेसस“ग हालसम्म १० करोड रुपैया“भन्दा बढी रकम कोषमा संचित रहेको उल्लेख गरिएको बताइएको छ । उपसभापति विमलेन्द्र निधिले पेश गर्नुभएको नीति अनुसन्धान, प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पनि पारित भएको छ । विभिन्न समयमा आवश्यकता अनुसार गरिएको विधानको परिमार्जन, संशोधन लगायतका विषय पनि बैठकबाट अनुमोदन भएको छ । बैठकमा पदाधिकारी र केन्द्रीय सदस्य थप्न प्रस्ताव भने नआएको प्रवक्ता शर्माले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्