ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकारको विषय उठाउँदा कर्तव्यपालनामा पनि ध्यान दिऔँ – अध्यक्ष नेपाल


एबीसी / संवाददाता
मंसिर १७, २०७८ शुक्रबार  ६ : ०१ बजे

काठमाडौं । नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यापारीकरण हुन नदिई व्यावसायिक र जनहितमा अघि बढाउन पर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको पहिलो राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने माध्यम बनाउन हुन्न भन्नुभयो । अध्यक्ष नेपालले भन्नुभयो, “शिक्षक परिवर्तनका सम्वाहक हुन्, समाजवाद भनेको सामाजिक न्याय र रुपान्तरण हो, शिक्षकले असल कुराको परिपालना गराउन, खोज र अनुसन्धानका लागि अरुलाई सिकाउनुपर्छ ।’’शिक्षकको सेवा सुविधा, मर्यादा र शैक्षिक गुणस्तर वृद्धिमा राज्य र सङ्गठनलाई आवश्यक ध्यान पु¥याउन सुझाव दिँदै उहाँले भन्नुभयो, “अधिकारको विषय उठेपनि कर्तव्य पालनाको पाटोमा खोजी नीति नहुँदा समाजमा विकृति र विसङ्गति बढेको हो ।” अर्को एक प्रसङ्गमा मुलुकको राजनीतिमा सर्वसत्तावाद प्रवृत्तिले संविधानलाई मिच्ने काम गरेको बताउँदै उहाँले निष्ठा र समर्पणको भावना कमजोर तुल्याएपछि पार्टीमा विद्रोह गर्न बाध्य भएको जानकारी गराउनुभयो ।

सम्मेलन आयोजक समितिका अध्यक्ष एवं संयोजक भीमबहादुर बस्नेतले सङ्गठन वैचारिक ढङ्गबाट स्खलित र साङ्गठनिक हिसाबले एकलौटीको प्रयास भएपछि नयाँ सङ्गठन बनाएर अघि बढ्ने प्रयासमा जुटेको जानकारी दिनुभयो । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापकद्वय बद्रीप्रसाद खतिवडा र वेधनिधि निरौला र नवगठित सङ्गठनका उपाध्यक्ष भगवती राजभण्डारीले कक्षा कोठाप्रति इमान्दार भएर दक्षताका साथ काम गर्ने शोषित पीडित शिक्षकलाई सङ्गठनले उत्प्रेरणा जगाउने काममा कुनै कसर बाँकी नराख्ने विश्वास दिलाउनुभयो । ‘शैक्षिक, पेशागत र ट्रेड युनियन अधिकारको लागि हाम्रो अभियान, सुदृढ, सशक्त र वैचारिक प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको दुईदिने सम्मेलनमा मुलुकका ७३ जिल्लाबाट प्रतिनिधिमूलक रुपमा शिक्षक शिक्षिकाको सहभागिता रहेको जानकारी दिइयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईरान युद्धले डोनाल्ड ट्रम्पलाई कमजोर र झन् रिसाहा बनाइरहेको छ : इकोनोमिष्ट

घण्टीतिर गएका आफ्नै नेता खोज्दै नेकपा, प्रचण्डको कडा चेतावनी— ‘आँखा चिम्लेर कारबाही’

सम्बन्धित

आज विश्व हिमनदी दिवस

आज पश्चिम र भोलि पूर्वी क्षेत्रमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सचेत रहन सरकारको आग्रह

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णयसहितको प्रमाण पेश गर्न सर्वोच्चको आदेश

प्रतिनिधिसभा सदस्य निर्वाचनमा साढे ३ अर्ब बढी खर्च

प्रधानमन्त्रीमा शाहको शपथ मिति तय

रिसाइक्लिङ गर्ने अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com