ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बार्सिलोनाको कोन्टिन्हो भित्र्याउने यात्रा थप अप्ठ्यारोमा


sharan sharan
पुस २०, २०७४ बिहीबार  १२ : ३५ बजे

पुस २० । फिलिप कोन्टिन्होका लागि बार्सिलोनाको तर्फबाट नयाँ प्रस्ताव लिभरपुलले प्राप्त गरिसकेको छैन । तर उसले कोन्टिन्हो अनुबन्धका लागि बार्सिलोनाको बाटो थप अप्ठ्यारो बनाउने संकेत गरेको छ ।

गएको समर विण्डोमा बार्सिलोनाले ब्राजिलियन कोन्टिन्होलाई क्लब भित्र्याउनका लागि तीनपटक प्रयास गरेको थियो । तीनैपटक लिभरपुलले प्रस्ताव अस्वीकार गरेको थियो । तर अहिले कोन्टिन्होले पनि क्लब छोड्नका लागि इच्छा देखाएकाले लिभरपुल उनलाई बिदा गर्न तयार देखिएको छ । त्यसका लागि बार्सिलोनाले समर विण्डोमा गरेको भन्दा बढी मेहनत र रकम खर्चिनु पर्ने देखिएको छ ।

बार्सिलोनाले गएको समगरमा कोन्टिन्होका लागि गरेको अन्तिम प्रस्ताव एक सय १८ मिलियन पाउण्डको थियो । अब जनवरी विण्डोका लागि बार्सिलोनाले त्यो रकम बढाउने त पक्का छ तर लिभरपुल भने कोन्टिन्होका लागि एक सय ३० देखि एक ६० मिलियन पाउण्डसम्मको माग गर्ने मनसायमा रहेको खबर आएका छन् ।

यस्तै प्रिमियर लिगमा शीर्ष चारमा रहँदै आउँदो सिजन च्याम्पियन्स लिगमा स्थान बनाउने होडमा रहेको लिभरपुल कोन्टिन्होलाई बिदा गरेमा आफू समस्यामा पर्ने कुरामा पनि चनाखो रहेकाले राम्रो रकम नपाइ उनलाई बिदा नगर्ने अवस्थामा छ । यसले गर्दा समरमा असफल भएको प्रयास जनवरी विण्डोमा सफल बनाउन बार्सिलोनाले थप कसरत गर्नु पर्नेछ ।

त्यसमाथि नाइकले कोन्टिन्होको नामसहितको बार्सिलोनाको जर्सीको विज्ञापन आफ्नो वेबसाइटमा गरेपछि थप समस्या भएको छ । यसले बार्सिलोनालाई अप्ठ्यारोमा र लिभरपुललाई बलियो अवस्थामा राखेको छ । नाइकले आफ्नो गल्ति केही समयपछि नै सच्याएर विज्ञापन हटाए पनि त्यसको प्रभाव कोन्टिन्होलाई भित्र्याउने बार्सिलोनाको प्रयासमा पर्ने पक्का छ ।

बार्सिलोनाको जर्सीमा लिभरपुलका कोन्टिन्होको नाम
लिभरपुलले अहिलेसम्म कोन्टिन्हो बार्सिलोना जाने बारेमा केही बताएको छैन । यस्तै बार्सिलोनाले पनि यस विषयमा केही बोलेको छैन । तर बार्सिलोनाका प्रशिक्षक एरनेस्तो वेलवार्डेले कोन्टिन्हो उत्कृष्ट खेलाडी रहेको बताएका छन् ।
न्यूज एजेन्सीकोबाट

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन प्रधानमन्त्री बन्ने बाटो: राष्ट्रपतिले कसरी गर्दैछन् नियुक्ति ?

रवि लामिछाने मुद्दा: आदेश फेरि टर्‍यो, आइतबारसम्म प्रतीक्षा

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com