ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 नवलपरासी धानको बीउ उत्पादनमा कृषि ज्ञान केन्द्र


एबीसी / संवाददाता
भाद्र १०, २०७८ बिहीबार  १० : ४७ बजे
कावासोती, १० भदौ  :
 नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धानको बीउमा आत्मनिर्भर हुन र गुणस्तरीय बीउ तयार गर्न बीउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासी र किसान मिलेर यहाँका दुई स्थानीय तहमा धानको बीउ उत्पादन गर्न खेती गरिएको छ । विनयी त्रिवेणी गाउँपालिकाको वडा नं २ र ४ तथा गैँडाकोट नगरपालिकाका वडा नं ११ र १२ मा यो कार्यक्रम सञ्चालन गरिएको हो । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा रामधान, वार र सावा मन्सुली जातको धानखेती गरिएको छ ।
दुई कृषक समूह र एक व्यक्तिले गरी १२ बिघा क्षेत्रफलमा अहिले धानको बीउ उत्पादन गर्न खेती गरिएको छ । बीउ राम्रो र गुणस्तर भएमा उत्पादन पनि राम्रो हुने भएकाले बीउ उत्पादनलाई ज्ञान केन्द्रले प्राथमिकतामा राखेको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो । गण्डकी प्रदेशको सबैभन्दा बढी धान खेती हुने जिल्ला पूर्वी नवलपरासी भएकाले  यस जिल्लालाई धानमा आत्मनिर्भर गराउँदै अन्यत्र निर्यात समेत गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको लामिछानेले बताउनुभयो ।
किसानले सूचीकृत नभएका बीउ र भारतबाट  चोरीछिपी ल्याइएको बीउ प्रयोग गर्दा धान उत्पादन नहुने, विभिन्न समस्या देखिँदा किसानले नोक्सान बेहोर्नुपर्ने तथा उत्पादनमा ह्रास आउने भएकाले गुणस्तरीय बीउ उत्पादनमा जोड दिन यो कार्यक्रम गरिएको लामिछानेले जानकारी दिनुभयो । आफ्नै ठाउँमा बीउ उत्पादन गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन पनि यो कार्यक्रम गरिएको उहाँको भनाइ छ ।
दुम्किवासमा धानखेती गर्नुभएका किसान खड्कबहादुर कमालले ज्ञान केन्द्रसँग समन्वय गरेर पहिलोपटक  बीउका लागि धानखेती  गरिएको बताउनुभयो । उत्पादन भएपछि बजारको अवस्था राम्रो भएमा यस कार्यलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो । जिल्लामा अन्य विभिन्न  सङ्घसंस्था र सहकारी संस्थाले पनि बीउ उत्पादन गर्ने काम गरिरहेका छन् । कृषि ज्ञान केन्द्रको प्रत्यक्ष लगानीमा यस वर्ष दुई स्थानीय तहमा खेती गरिएको हो । कार्यक्रम सफल भए विस्तार गरिँदै लगिने जनाइएको छ ।
उत्पादन भएको बीउको बजारीकरणका लागि पनि ज्ञान केन्द्रले जिल्लाकै देवचुलीस्थित लालीमा कृषि सहकारी संस्थासँग समन्वय गरेको छ । बाहिरी जिल्लामा समेत समन्वय गरिएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत मीरा चौधरीले जानकारी दिनुभयो ।
यसैबीच बीउका लागि लगाइएको धानमा रोग किरा देखिएको गुनासो किसानले गरेपछि कृषि ज्ञान केन्द्रले अनुगमनसमेत गरेको छ । अनुगमनका क्रममा धानमा  गबारो, हिस्वा, ब्याक्टेरिया, ढुसीजन्य रोग देखिएको वरिष्ठ बाली संरक्षण अधिकृत पर्शुराम अधिकारीले जानकारी दिनुभयो । कहीँकतै खाद्यतत्वको कमीले पनि पात पहेँलो हुने, सुक्ने गरेको उहाँले जानकारी दिनभयो । आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको उहाँले बताउनुभयो ।
अनुगमनका क्रममा बीउको धानमा बेजात देखिएपछि तुरुन्तै उखालेर फालिएको थियो । आफूले लगाएको धानभन्दा फरक प्रकृतिको धान देखिएमा त्यसलाई तुरुन्तै फाल्नुपर्ने बाली विकास अधिकृत चौधरीले बताउनुभयो । बेजातले बीउको गुणस्तरमा असर गर्ने उहाँले बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

सम्बन्धित

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com