ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छ महिनाभित्र सबै प्रदेशवासीलाई खोप– मुख्यमन्त्री पोखरेल


एबीसी / संवाददाता
श्रावण २२, २०७८ शुक्रबार  ६ : ३७ बजे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले छ महिनाभित्र सबै प्रदेशवासीले खोप पाउने बताउनुभएको छ । तनहुँको ऋषिङ गाउँपालिकाले आज आयोजना गरेको स्वागत एवं सम्मान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले सरकारको पहिलो प्राथमिकता खोप भएको उल्लेख गर्नुभयो ।

छ महिनाभित्र प्रदेशका सबै जनतालाई कोरोना विरुद्धको खोपको व्यवस्था गर्ने सरकारको प्रतिबद्धता रहेकाले त्योभन्दा पहिल्यै उक्त प्रतिवद्धता पूरा हुने मुख्यमन्त्री पोखरेलले बताउनुभयो । प्रदेशका एक तिहाइ जनताले खोप पाइसकेको बताउँदै उहाँले भन्नुभयो, “मनाङ र मुस्ताङ पूर्णखोपयुक्त जिल्ला भइसकेका छन्, खोप अभाव हुँदैन । त्यसका लागि प्रदेश सरकारले प्रयत्न गरिरहेको छ ।” मुख्यमन्त्री पोखरेलले विकास निर्माणका काम अर्को वर्ष गरेपनि हुने भन्दै चालु वर्षको बजेटमा कोभिड नियन्त्रणलाई पहिलो प्राथमिकता दिइएको बताउनुभयो । “बाटो अर्को वर्ष बनाउँला, पुल पनि अर्को वर्ष निर्माण गरौंला, जनताको ज्यानभन्दा ठूलो कुरा अरु हुँदैन,” उहाँले भन्नुभयो, “पहिलो प्राथमिकता जनताको जीवनरक्षा गर्नु हो ।”

कोरोनाको तेस्रो लहरको खतरा बढेकाले त्यसको पूर्वतयारीमा सरकार लागिसकेको उहाँले जानकारी दिनुभयो । मुख्यमन्त्री पोखरेलले गत असारमा आएको बाढीपहिराबाट क्षति भएको संरचना पुनःस्थापनाका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । तीनवटै तहका सरकारको समन्वयमा पुनःस्थापनाका काम गरिने उहाँको भनाइ थियो । गण्डकी प्रदेशको समृद्धिका लागि सबै राजनीतिक दल एक ठाउँ उभिनुपर्नेमा उहाँले जोड दिनुभयो । “प्रदेशको समृद्धि र विकासका लागि हामी एक छौँ, प्रदेशवासीको जीवनस्तर उकास्न सरकार लागिपरेको छ,” उहाँले भन्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य डोवाटे विक, सरिता गुरुङ, संविधानसभा सदस्य झुलबहादुर आले, गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायतले धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com