ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी जवान पदको नक्कली परीक्षार्थी पक्राउ


एबीसी / संवाददाता
श्रावण १६, २०७८ शनिबार  २ : १४ बजे
कर्णाली, १६ साउन
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ । गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा रु एक लाख दिएर परीक्षा दिलाउने भगवतीमाई गाउँपालिका–२ बेस्तडा दैलेखका २२ वर्षीय रोशन शाही र पैसा लिएर परीक्षा दिने सोही गाउँका २३ वर्षीय लोबन शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
यही साउन १४ गते प्रदेश प्रहरी तालिम केन्द्रमा सञ्चालन भएको अन्तरर्वार्ता परीक्षामा सहभागी हुन आएका दर्ता नं ४९१७१ का उम्मेदवार रोशन शाहीले अन्तरवार्ता दिने क्रममा शङ्कास्पद कुरा गरेको र लेख्न लगाउँदा लेख्नसमेत नजान्दा सोधपुछको गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।
सो क्रममा उनीले रु एक लाख दिएर आफ्नै गाउँका लोबनलाई लेख्न लगाएर आफू पास भएको रहस्य खुलाएको उहाँले बताउनुभयो । नायब उपरीक्षक घर्तीका अनुसार पक्राउ परेको दुवैमाथि  आवश्यक अनुसन्धान भइरहेको छ ।
प्रहरीले ५१ क्युफिट अवैधको सिसौको काठसहित सुर्खेतबाट दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भेरीगङ्गा नगरपालिका– २ सुर्खेतका २६ वर्षीय तीर्थबहादुर सिञ्जाली मगर र सहचालक भगवतीमाई गाउँपालिका दैलेखका १८ वर्षीय गणेश अधिकारी छन् ।  वीरेन्द्रनगर नगरपालिका– २ सुर्खेत भुरेली सडक खण्डस्थित भे१त ५११५ नम्बरको ट्रयाक्टरमा ५१ फिट सिसौको काठ ओसारपसार गर्दै गरेका अवस्थामा पक्राउ गरी काठसहितको ट्रयाक्टर जिल्ला वन कार्यालय वीरेन्द्रनगरमा पठाईएको प्रहरीले जनाएको छ ।
मालसामान बरामद
इलाका प्रहरी कार्यालय छिन्चुले रु एक लाख ६५ हजार ६५७ को अवैध मालसमान बरामद गरेको छ नेपालगञ्जबाट सुर्खेत छिन्चुतर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा ओसारपसार गरिराखेको अवैध मालसमान शुक्रबार प्रहरीले बरामद गरेको हो । बससहित वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ३७ वर्षीय बसचालक तुलाराम न्यौपानेलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहोलपुर बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।
चितवनबाट सुर्खेततर्फ आउँदै गरेको प्रदेश नं ३–०१०२३ च ७१४२ नम्बरको जीपमा  राजस्व छली गरी अवैधरुपमा ल्याइएको रु दुई लाख ८५७ बराबरको ३९५ थान पिभिसी प्यानलसहित हेटाँैडा आम भञ्ज्याङ– ६ मकवानपुर निवासी २४ वर्षीय सवारी चालक रोमप्रसाद घिमिरेलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि राजस्वअनुसार कार्यालय कोहलपुर बाँकेमा पठाइएको प्रनाउ घर्तीले बताउनुभयो ।
नेपालगञ्जदेखि सुर्खेततर्फ जाँदै गरेको क प्र ००२ ख ०१०९ बसमा राजस्व छली गरी अवैधरुपमा ल्याइएको रु तीन लाख २४ हजार १० को अवैध मालसमान प्रहरीले शुक्रबार नै बरामद गरेको छ । कानूनसम्वत्को मूल्य अभिवृद्धि कर उल्लेख गरिएको बिल नभएको अवैध मालसमान आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com