ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियामा लकडाउनको विरोधमा ठूला सहरहरू प्रदर्शन, प्रधानमन्त्री मोरिसनद्वारा निन्दा


एबीसी / संवाददाता

अष्ट्रेलिया । अष्ट्रेलियाका विभिन्न राज्यमा सङ्क्रमण फैलिन थालेपछि सिड्नीलगायतका सहरहरूमा सरकारद्वारा जारी लकडाउन र स्वास्थ्य सङ्कटकालको विरोधमा विभिन्न सहरहरूमा ठूला प्रदर्शन भएका छन् । सिड्नी, ब्रिस्बेन र मेल्बर्नमा भएका प्रदर्शनमा प्रदर्शनकारीहरू बढी आक्रामक बनेका खबरहरू प्राप्त भएका छन् । सिड्नीमा प्रदर्शनकारीले घोडसवार प्रहरीमाथि विभिन्न वस्तुले प्रहार गरेका एक अधिकारीले दावी गरे ।

सरकारले महामारी सङ्क्रमण नियन्त्रणका लागि घोषणा गरेको लकडाउन तथा स्वास्थ्य सङ्कटकालको उपायको विरोध गर्दै शनिवार भएका लकडाउनविरोधी ठूला प्रदर्शनको अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन निन्दा गर्नुभएको छ । प्रदर्शनका सहभागीहरूलाई ‘स्वार्थी तथा स्वयं पराजित व्यक्ति’ को सङ्ज्ञा दिँदै तिनले कोरोनाभाइरस फैलाउने जोखिम भएको प्रधानमन्त्री मोरिसनले बताउनुभयो । मोरिसनले न्यू साउथ वेल्स राज्यमा फैलिएको कोरोनाभाइरसको डेल्टा भेरिअन्टलाई नियन्त्रण गर्न एक महिना लकडाउनलाई निरन्तरता दिनुबाहेक अरू कुनै चामत्कारिक उपाय नभएको उहाँले बताउनुभयो । यसैबीच न्यू साउथ वेल्सकी सरकार प्रमुखले सिड्नीमा भएको प्रदर्शनप्रति चर्को असन्तुष्टि व्यक्त गर्दै कडा निषेधाज्ञा प्रभावकारी रहेको बताउनुभएको छ ।

विगत २४ घण्टामा न्यू साउथ वेल्समा कोभिड–१९ का कारण थप दुई व्यक्तिको निधन भएको छ।अधिकारीहरूका अनुसार शनिबार भएका प्रदर्शनका क्रममा ५७ प्रदर्शनकारी पक्राउ परेका छन् । अस्ट्रेलियाको सरकारले सङ्क्रमणको नयाँ लहर सुरु भएपछि देशभरि पुनः लकडाउन लगाएको छ।अतिसङ्क्रामक ‘डेल्टा भेरिअन्ट’को आगमनसँगै त्यहाँ विगतमा अपनाइएको सीमा बन्द गर्ने, क्वारन्टीन कार्यक्रम सञ्चालन गर्ने र बेलाबेलामा लकडाउन गर्ने रणनीतिले चुनौतीको सामना गरिरहेको छ ।विकसित देशहरूमध्ये सबैभन्दा न्यून खोप लगाउने दर अस्ट्रेलियामा छ। त्यहाँ अहिलेसम्म १४ प्रतिशतभन्दा कम व्यक्तिले खोप लगाएका छन् ।

जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अस्ट्रेलियामा हालसम्म ३२ हजार ५९४ जनामा सङ्क्रमण भएको र ९१६ जनाको कोभिड–१९ का कारण मृत्यु भएको देखेन्छि ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com