ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली र प्रचण्डका लागि सन् ०१७ छुपेरुस्तम, नयां वर्ष भने हाकाहाकी


ABC NEWS

-शुभशंकर कंडेल /
सन् २०१७ लाई फर्केर हेर्दा राजनीतिक रुपमा नेपालका लागि एक ऐतिहासिक कोशेढुंगा सावित भएको वर्ष मान्न सकिन्छ । एमाले अध्यक्ष र माओवादी केन्द्रका अध्यक्ष एक अर्काविरुद्ध भिड्न आमने सामने भएका बेलामा सन् २०१७ को सुरुवात भएको थियो । बाम वर्चस्वको नेपालमा बाम सखाप अभियानको ग्राइन्ड डिजाइनमा ओली र प्रचण्ड फस्ने कालो बादलका बीच सुरु भएको गत वर्षको सुरुवातबाटै दुई शिर्षस्थका बीचमा वार्ता र सम्वाद सुरु भ्एको थियो टप सेक्रेट डाइलगका रुपमा । हुन नसक्ने घटनाका रुपमा स्थानीय चुनावको घोषणा भएको थियो । स्थानीय चुनावका पक्षमा पछि नफर्कने गरी ओली र प्रचण्ड नै उभिएका थिए । स्थानीय चुनावले तीन चरणको कहर व्यहोरेर भएपनि सम्पन्न भयो । नयां संविधानमाथि चोर औंला ठडाएर विरोधको आगो दन्केको मधेश र त्यसका अभियन्ताहरु २ नं. प्रदेशको स्थानीय चुनावमा सहभागी हुन बाध्य भए । संसदबाट संविधान संशोधन असफल भयो । स्थानीय चुनावको सफलता र संविधान संशोधन असफलताको मुख्य श्रेय प्रचण्डलाई नै जान्छ । यद्यपि त्यो राजनीतिक पहलकदमी र दृढताका लागि अविश्सनीय रुपमा प्रचण्डलाई ओलीको साथ थियो ।
सन् ०१७ को सबैभन्दा ठूलो राजनीतिक घटना पार्टी स्थापनाको सात दशकपछि प्रमुख दुई बामपन्थी दलले एकताको घोषणा गरे । त्यही घोषणाको जगमा सातवटा प्रदेश मध्ये ६ वटामा बाम सरकार बन्ने भयो । संघीय संसदमा झण्डै दुई तिहाई बाम बर्चस्व कायम हुन पुगेको छ । स्थानीय तहमा ७५३ मध्ये ४५०भन्दा बढी तहमा बामपन्थीहरुको कव्जा भएको छ । यी सबैको जगमा नेपालमा पहिलोपटक बामपन्थीहरुको पूर्णकालीन स्थिर सरकार बन्ने आधार तयार भएको छ । यो राजनीतिक पहलकदमी र परिणामले विदेशीलाई चक्मा ख्वाएको छ भने नेपालीलाई खुशी बनाएको छ । विदेशीको मन अमिल्याएर नेपालीलाई पुलकित पारेको सबैभन्दा असरदार घटना नै दुई वामपन्थी दलको एकता नै हो । यद्यपि विभिन्न कालखण्डमा क्षणिक रुपमा विदेशीलाई चक्मा ख्वाएका घटना हुंदै नभएका भने होइनन् । तर सन् ०१७को एमाले र माओवादी एकताको घोषणा सांच्चिकै ऐतिहासिक र नेपालका लागि संधैभर झक्झकाइरहने राजनीतिक घटना हो भन्दा अन्यथा हुने छैन ।

सन् ०१७ नेपालका लागि ऐतिहासिक कोशेढुंगा, ०१८ अवसर र चुनौतिको पहाड

नेपालको राजनीतिक इतिहासमा सबैभन्दा पुरानो दल नेपाली कांग्रेसले शर्मनाक पराजय भोगेको छ । कांग्रेस पार्टीमा रुवावासी चलेको छ । तर सभापति बनेका शेरबहादुर देउवामा कुनै छटपटि वा पार्टीलाई पुर्नजीवन दिने सक्रियता शुन्य बराबर छ । यो उदेकलाग्दो घटना हो । अझ नेपाली कांग्रेसले अरु कसैको इशारा तामेली गर्ने नाममा अभूतपूर्व जनादेशको अपमान गर्ने बाटोमा लत्रेर कांग्रेसलाई अरु बढी डुबाइरहेको छ । ऐतिहासिक चुनाव सम्पन्न गरेको निर्वाचन आयोगले अन्तिममा आएर आफै ना¨िन थालेको छ । आश्चार्यजनक रुमपा समानुपातिक निर्वाचनको नतिजा सार्वजनिक नगरेर नेपालमा अस्थिरताको दुन्दभी बजाउनेहरुलाई समय दिएको छ । आयोगको स्वतन्त्र अस्तित्वमाथि प्रमुख आयुक्तले धावा बोलिरहेका छन् । दिउंसोका घामलाई घाम भन्न नसक्नेजस्तो घटनामा आयोग रुमलिएको छ । यस्तो कालो बादलबाट मुक्ति भने नयां वर्ष ०१८को प्रारम्भमा मात्र हुने देखिन्छ । यस हिसाबले अघिल्लो वर्षको केही उपलव्धीको विट मार्ने मौका नयां वर्षले पनि पाउने भएको छ ।

वास्तवमा नेपालमा सन् ११९०मा पञ्चायत ढलेर बहुदल आएपनि सन् २०१७ मा मात्र पञ्चायती अवशेषको अबसान हुन पुगेको छ संसदीय र प्रादेशिक निर्वाचन मार्फत । ३० वर्ष पञ्चायतमा रजगज चलाएका पात्रहरुले बहुदल आएपछि पनि लगातार लोकतान्त्रिक दलहरुलाई कज्याए । गणतन्त्रमा समेत प्रचण्ड र ओलीलाई समेत नराम्रोसंग झुलाए । तर भर्खरै सम्पन्न संघीय र प्रादेशिक तथा यसभन्दा पहिलेका स्थानीय निर्वाचनले पञ्चायत चरित्रका राप्रपाका दुवै खेमालाई असान्दर्भिक मात्र होइन कि बेइज्जत नै गरिदियो । यस हिसाबले बल्ल पञ्चायत अन्त हुन पुग्यो । ०१७ मा भएका नेपालका चुनावले संसदमा बाम बर्चस्वमात्र गराएन कि प्रगतिशील रुझानका दलहरुलाई नै मुख्य राजनीतिक शक्तिका रुपमा स्थापित गरिदियो ।

सन् ०१७ जसरी अनिश्चय, अन्योल र छिनाझप्टीका बीचमा सुरु भएतापनि एक उपलव्धीमूलक बर्ष बन्न पुग्यो । ठिक त्यसैगरी सन् ०१८ एक आशा, आकांक्षा र उत्साहका साथ सुरु हुंदै गर्दा मुख्य दुई बामपन्थी दललाई तुरुन्तै एक दल बन्ने चुनौति र अवसर दिएको छ । राजनीतिक स्थिरता र आर्थिक सम्वृद्धिको नारालाई जनताले आवश्यक मात्रमा अनुमोदन गरेर जनताले आफ्नो काम फत्ते गरेका छन् । नेपालका बामपन्थी नेताहरुलाई आफ्नै स्वघोषणा व्यवहारिक रुपमा लागू गर्नुपर्ने चुनौति र अवसर खडा गरिदिएका छन् । राजनीतिक स्थिरतामार्फत जनताको मुहारमा खुशी ल्याउने काममा केपी ओली र प्रचण्डले सबैभन्दा बढी सुझबुझ देखाउनु पर्नेछ आगामी वर्षहरुमा । जनतामा शासन गर्नका लागि केवल निर्वाचनको मत मात्र बैधानिक आधार बन्दैन । त्यसका लागि जनताको मुहारमा खुशी भर्नै पर्दछ । जनतालाई सुखजिलो जीवन दिइरहेमा व्यवस्था र शासकहरुले आफ्नो बैधानिकता कायम गरिरहन सक्दछन् । अन्यथा जस्तोसुकै रणनीतिक कवचले पनि व्यवस्था र शासकलाई बांकी नछाड्ने उदाहरणका लागि कहीं जानु पर्दैन नेपालकै विगत काफी छ ।
अर्को शव्दमा सन् ०१७ नेपालमा केपी ओली र प्रचण्डको वर्ष थियो । नयां वर्ष सन् ०१८ त वास्तवमै ओली र प्रचण्डको ऐतिहासिक वर्ष हुनेछ । अघिल्लो वर्ष ओली प्रचण्ड सम्बन्ध र सहकार्यको छुपेरुस्तम थियो भने सन् ०१८ हाकाहाकी वर्ष बन्ने भएको छ । छुपेरुस्तम भन्दा पक्कै पनि हाकाहाकी राम्रो मानिनेछ उनीहरुले आफ्ना स्वघोषणा पूरा गर्ने सक्रियता देखाएमा । राजनीतिक रणनीतिकारहरुको एउटा जबर्जस्त मत पनि छ कि स्थिति अनुसार कहिलेकांही पराजयमा हार स्वीकार नगर्ने र विजयमा पनि उत्सव नमाउने गर्नु पर्दछ । यस्तो नीति अवलम्वन गर्दा पराजित भएको बेला फेरि उठ्ने सम्भावना जिवित रहन्छ भने विजयीहरुले परिणाम निकाल्न सहज बन्दछ । यस हिसाबले सन् ०१७ ले पराजित भएका देउवा र विजयी भएको ओली र प्रचण्डलाई पनि समान अवसर दिएको छ । त्यसलाई आफ्नो अनुकूलतामा बदल्ने जिम्मेवारी भने उनीहरुको नै हो ।
देशलाई राजनीतिक रुपले सुशासन र विकासको बाटोमा अघि बढाउने सबैभन्दा ठूलो चुनौतिको वर्ष हुनेछ सन् ०१८ । विगत वर्षहरु हाम्रा शासकहरुका लागि शासकीय हिसाबले कुनै उदाहरणीय वर्ष थिएनन् । अनेकन स्क्याण्डल र विवादका बीचबाट उनीहरु गुज्रेका थिए । त्यसका लागि भनिएको थियो कि राजनीतिक स्थिरता भएन । गठवन्धन र सरकारको अनिश्चयले जे पनि गर्नु पर्ने र मान्नु पर्ने भयो । अब यो बहाना बांकी छैन । सम्भवत आगामी वर्ष नेपालमा सबैभन्दा वामगठवन्धनको साझा घोषणापत्र सबैभन्दा बढी पढिने वर्ष बन्नेछ । किन कि बामपन्थीको सरकार र त्यसका नेता केपी ओली प्रधानमन्त्री भएपछि सबैभन्दा बढी चुनावी घोषणापत्रकै काम गर्नु पर्नेछ । अन्य कुरामा अलमलिने वा अन्यत्र बरालिुन पर्ने कुनै कारण छैन । केही प्रशासकीय चुनौति बाहेक सरासर देशलाई आर्थिक सम्वृद्धिको बाटोमा हिंडाउने पर्ने दायित्व उनीहरुा अघिल्तिर खडा हुनेछ । सबैमा नयां वर्ष २०१८को शुभकामना । पुरानो वर्ष २०१७प्रति मिठो सम्झना । 2017/12/31.

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com