ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको सर्वोच्च अदालतले गरेको फैसलाले संविधानको रक्षा गरेको छ : पूर्व भारतीय राजदूत रन्जित रे


एबीसी / संवाददाता

काठमाडौं, ३१ असार । नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेले नेपालको सर्वोच्च अदालतले गरेको फैसलालाई सबैले स्वागत गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न जारी गरेको परमादेश र संसद पुनर्स्थापना सम्बन्धी फैसलालाई सबैले स्वागत गर्नुपर्ने उनको भनाइ छ ।

भारतीय सञ्चारमाध्यम स्टार्टन्युज ग्लोबललाई दिएको अन्तवार्तामा पूर्व राजदुत रेले फैसला ओलीको लागि ठूलो सेटब्याक भएको बताए । ‘यो नेपालको सर्वोच्च अदालतको ल्याण्डमार्क फैसला हो । अदालतको निर्णयले संविधानको रक्षा गरेको छ । यो निर्णयको सबैको स्वागत गर्नुपर्छ,’ राजदूतले रेले भने, ‘निश्चय नै पछिल्लो निर्वाचनमा नेपाली जनताको चाहना केपी ओली नै थिए र उनको दलले झण्डै दुई तिहाई मत प्राप्त गरेका थिए । तर दुर्भाग्यवश उनले आफ्नै दलका अन्य नेताहरुलाई व्यवस्थापन गर्न सकेनन् ।’निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोगेको समस्या उनको आफ्नै व्यवहारबाट आएको समेत रेले बताएका छन् । सर्वोच्च अदालतले प्रत्यक्ष रुपमा नयाँ प्रधानमन्त्री नियुक्त गर्ने आदेश पहिलोपटक दिएको भन्दै रेले अन्तर्वार्तामा भनेका छन्, ‘यो पनि सर्वोच्च अदालतले पहिलोपटक भनेको छ कि राष्ट्रपतिले गर्ने निर्णय न्यायिक पुनरावलोकनको विषय बन्नसक्छ र निर्णय संविधान अनुसार भएन भने सर्वोच्च अदालतले त्यो निर्णयलाई करेक्सन गर्नसक्छ ।’ रेले देउवाको कार्यकालमा नेपाल र भारतको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे । ‘देउवा हाम्रो लागि धेरै परिचित राजनीतिज्ञ हुन् । काठमाडौंमा सत्तामा आउने कुनै पनि राजनीतिक दलसँग हामीले मिलेर काम गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com