ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उच्च अदालतकी कर्मचारीको हत्या असईले गरेको खुलासा


एबीसी / संवाददाता
असार ३०, २०७८ बुधबार  ९ : १४ बजे

इलाम , ३० असार ।   उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत एक कर्मचारीको हत्या नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले नै गरेको खुलेको छ।उच्च अदालतका मुख्य न्यायाधीशको सुरक्षा गार्ड असई युवराज बानियाँले कार्यालय सहयोगी ४८ वर्षीया विमला पराजुलीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो। बानियाँले क्वाटरमै पराजुलीको हत्या गरेको स्विकारेको इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
धनकुटा होलीखर्क– ५ घर भई दुई वर्षदेखि मुख्य न्यायाधीशको गार्डमा कार्यरत ३५ वर्षीय असई बानियाँ र पराजुलीबीच लामो समयदेखि सम्बन्ध रहेको र आर्थिक लेनदेनको विषयमा झगडा हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको श्रेष्ठले जानकारी दिनुभयो । पराजुलीको शव घोप्टो परेको अर्धनग्न अवस्थामा भेटिएकाले बलात्कारपछि हत्या गरिएको आशंका प्रहरीले गरेको छ।

जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी घटना सार्वजनिक गरेको हो।आइतबार साँझ क्वाटरमा हत्या गरेर हिँडेका बानियाँले राति आएर क्वाटर बाहिर शव फालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। पराजुलीको मोबाइल र झोला कार्यालयभित्रै भेटिएको थियो।प्रहरीका अनुसार मोवाइल र झोला कार्यालयमै राखेर अदालत परिसरमै रहेको करेसाबारीमा तरकारी टिप्न गएकी पराजुलीले नै फोन गरेर बानियाँलाई अदालत बोलाएकी थिइन्। अदालतभन्दा बाहिरै परिवारसँग डेरा गरेर बस्ने बानियाँ अदालतको पछाडिको भागबाट पर्खाल नाघेर भित्र (अदालत) छिरेको खुलेको छ।

‘मुख्य न्यायाधीश बिदामा रहेको र क्वाटरको चाबी बानियाँसँगै रहेकाले दुवैजना क्वाटरभित्र गएपछि घटना भएको देखिन्छ’ एसपी श्रेष्ठले भन्नुभयो । पराजुलीले बलात्कारको मुद्दा लगाउँछु भनेर निस्कन लागेपछि बानियाँले हत्या गरेको अनुसन्धानबाट खुलेको उहाँले जानकारी दिनुभयो । बानियाँले घाँटी थिचेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ। पराजुलीको कानको टप क्वाटरको ढोकामा राखिएको म्याटमा भेटिएको र उनले लगाएको सुनको सिक्रीसमेत बानियाँको निवासबाट बरामद गरेको प्रहरीले जनाएको छ।सुरक्षा घेराभित्र कार्यालय पोशाकमै अदालतकी कर्मचारीको शव अर्धनग्न अवस्थामा भेटिएपछि प्रहरीले तत्काल गम्भिरताका साथ अनुसन्धानलाई अघि बढाएको थियो। प्रदेश प्रहरी कार्यालयबाट डग स्याकिङ्ग टोलीले डग ट्रयाकिङ्ग समेत गरेर सोमबार नै बानियाँलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली टिचिङ अस्पतालको ‘रेड एरिया’को २७ नम्बर बेडमा

नवलपरासीको दाउन्ने क्षेत्रमा दुर्घटना, तीनजनाको मृत्यु, १५ घाइते

एमालेले डाक्यो सचिवालयको आकस्मिक बैठक

बालेन सरकारले प्रतिशोध र पूर्वाग्रहको झल्को दिएको महेश बस्नेतको भनाइ, एमालेले आजैदेखि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com