तनहुँ, १७ असार । बन्दीपुर गाउँपालिका–३ तामुङमा बुधबार राति पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोले पाँच घर पुरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाका अनुसार मृत्यु हुनेमा करिब ७० वर्षीया हरिमाया बसेल र करिब ३० वर्षीया सरस्वती थापा छन् । पहिरोमा बेपत्ता उनीहरूको शव बिहान भेटिएको अध्यक्ष थापाले बताउनुभयो । ‘पहिराले घर पुरिएपछि स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ,’ उहाँले भन्नुभयो । यस्तै चुँदी खोलामा आएको बाढीले डुम्रे स्वास्थ्य चौकी र तल्लो डुम्रे क्षेत्र डुबानमा परेका छन् । बाढी प्रभावितलाई उद्धारकार्य भइरहेको थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया दिनुहोस्