ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महामारी नियन्त्रण गर्न नसकेको भन्दै बेलायतका स्वास्थ्य मन्त्रीले दिए राजीनामा


एबीसी / संवाददाता

काठमाडौं, १३ असार । बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले पदबाट राजीनामा दिनु भएको छ । उहाँमाथि कोरोना महामारीमा भौतिक दूरी कायम नगरेको भन्ने आरोप लागेको थियो । उहाँले राजीनामा दिँदै कोरोना नियन्त्रणका लागि भइरहेको नियम नमानेकोमा माफी माग्नु भएको छ ।

सँगै काम गर्ने एक जना महिला कर्मचारीसँग दूरी कायम नगरेको भन्दै स्वास्थ्यमन्त्रीमाथि राजीनामा दिन दबाब परेको थियो । यस्तै, विवाद बढ्दै गएपछि ती महिलाले पनि राजीनामा दिएकी छिन् । बेलायतमा कारोना भाइरसको तेस्रो लहरको जोखिम बढेको छ । गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा सङ्क्रमण पाइएको छ भने यो अवधिमा थप २४ जनाको कोरोनाका कारण ज्यान गएको छ । बेलायतमा फेरि कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको २४ घण्टामा १८ हजार २ सय ७० जनामा सङ्क्रमण भएको पाइएको छ । यो गएको फेब्रुअरी ५ पछिकै दैनिक भेटिने सङ्क्रमितको सङ्ख्या भन्दा सबैभन्दा धेरै हो । कोरोनाका कारण गएको २४ घण्टामा थप २४ जनाको ज्यान गएको छ ।सङ्क्रमणको सङ्ख्या बढेसँगै बेलायतमा तेस्रो लहरको जोखिम बढेको छ । त्यहाँ एक महिनायता दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको बीबीसीले जनाएको छ । बेलायतमा पाइएको सङ्क्रमणमध्ये ९० प्रतिशत डेल्टा भेरियन्ट रहेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । कोरोना विरुद्धको खोपका कारण सङ्क्रमितमा गम्भीर लक्षण भने देखिने समस्या घट्दै गएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com