ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाकालीनदीको क्षति रोक्न निरन्तर सक्रियता


एबीसी / संवाददाता



दार्चुला, ७ असार :
सदरमुकाम खलङ्गामा तीन दिनसम्म निरन्तर महाकाली नदीमा पानीको बहाव बढ्यो । महाकाली नदीको सतह बढेर झण्डै सात मिटर उचाइसम्म पुग्यो । नदीको सतह बढ्दै जाँदा सदरमुकाम खलङ्गाको तटबन्धमा क्षति गरेर बजारमा समस्या हुने हो कि भन्ने धेरैमा चिन्ता थियो । स्वयं नदी नियन्त्रण अयोजनालाई तटबन्ध निर्माणाधीन क्षेत्रबाट नदी पसेर क्षति हुने हो कि भन्ने डर थियो ।

नदीको बहाव जुन क्षेत्रबाट तटबन्धमाथि पस्न थाल्यो, त्यही क्षेत्रमा बिहानदेखि अबेर रातिसम्म आयोजना प्रमुख शोभाकर पौडेलदेखि आयोजनामा कार्यरत सबै कर्मचारी निरन्तर खटिनुभयो । उहाँले निर्माण व्यवसायीलाई रातिसम्म काम गर्न लगाउनुभयो । त्यसका कारण सदरमुकाम खलङ्गाको बाङाबगड क्षेत्रमा जोखिम हुन पाएन् । सोमबारबाट नदीको बहाव पनि कम हुँदै गएको छ ।

आयोजना प्रमुख पौडेल भन्नुहुन्छ, “बाङाबगडको दुई ठाउँमा नदी पस्ने चिन्ता थियो, यो ठाउँमा सुरक्षित राख्न सकियो, नदीको बहाव तटबन्ध माथि आउन क्षेत्रमा राति नै बालुवाको बोरा राखेर नदीको बहाव छेकियो, निरन्तर मजदूर र कर्मचारी परिचालन गरेर नदीको तत्कालीन बहाव कम गर्न सकिएको हो ।”

अहिलेसम्मको अवस्थामा नदीले बगाउने र तटबन्ध भत्काउन सक्ने अवस्था नरहेको पौडले भन्नुहुन्छ । सदरमुकाम खलङ्गाको साढे चार किलोमिटर क्षेत्रफलमा पक्की तटबन्ध बनाइएको छ । विसं २०७० असारमा आएको बाढीपछि तटबन्ध निर्माण गरिएको हो । रु तीन अर्ब पाँच करोड लागतमा रेटलिङसहितका तटबन्ध निर्माण भएपछि तीन टुक्रामा विभाजित भएको खलङ्गा बजार अहिले सुरक्षित छ ।

सो तटबन्धका कारण सदरमुकाम खलङ्गामा अहिलेको बाढीले असर गर्न नसकेको आयोजना प्रमुख पौडेल बताउनुहुन्छ । “हामीलाई खोतीलाको पहिरो आयो भने असर गर्छ कि जस्तो लागेको थियो”, उहाँले भन्नुभयो, “तर अहिले भारततिर पनि नदीले कटान गरेका कारण क्षति नेपालतिर कम हुँदै गएको छ, दीर्घकालीन समाधानका लागि नदी कटान क्षेत्रमा पक्की तटबन्ध संरचना आवश्यक छ ।” अहिले नदी नियन्त्रण आयोजनाले व्यासको सितापुलदेखि लेकमको लालीसम्मका विभिन्न क्षेत्रमा ग्याबीन जाली राखेर तटबन्ध निर्माण गरिरहेको छ । यस्तै आयोजनाले नौगाड गाउँपालिका, शैल्यशिखर नगरपालिका, अपि हिमाल गाउँपालिकालगायत क्षेत्रमा तटबन्धको काम गरिरहेको छ ।

नेपालको जस्तो पक्की तटबन्ध बनाउनुपर्ने माग

नेपालमा बनेको पक्की तटबन्धका कारण यस वर्ष सदरमुकाम खलङ्गामा बाढीले क्षति गरेको छैन । यही महाकाली नदीले भारतीय बजार धारचुलाका विभिन्न ठाउँमा कटान गर्न थालेपछि धारचुलामा पनि नेपालकै जस्तो पक्की तटबन्ध बनाउनुपर्ने माग उठेको छ ।

नेपालको जस्तो पक्की मजदुत बनाए मात्रै धारचुला सुरक्षित हुने भन्दै उनीहरुले भारतपट्टी पक्की तटबन्ध बनाउनुपर्ने आवाज उठाएका छन् । अहिले नेपालको पक्की तटबन्धका कारण नदीको बहाव भारततिर पर्न गएको उनीहरुको बुझाइ छ ।

भारतले नेपालको भन्दा पहिले नै पार्कको नाममा तटबन्ध बनाउन शुरु गरेको भए पनि उनीहरुले निर्माण गरेको तटबन्ध कम गुणस्तरणको भएको भारतीय व्यापारीको आरोप छ । उनीहरुको तटबन्ध एक वर्षसम्म पनि टिक्न नसकेको व्यापारीको भनाइ छ ।

भारतीय व्यापार सङ्घका अध्यक्ष भुपेन्द्रसिह थापा, रङ कलण संस्थाका अध्यक्ष कृष्ण गव्र्याल र पूर्व नगरपालिका अध्यक्ष अशोक नवियाल लगायतले भारतीय बजार धारचुलामा पनि नेपालकै जस्तै पक्की तटबन्ध बनाउनुपर्ने माग उठाउनुभएको छ ।

उहाँहरुले भारतीय एसडिएम अनिलकुमार शुक्लालाई नदी निरीक्षणको क्रममा आगामी दिनमा तटबन्ध निर्माणका क्रममा नेपालको जस्तो पक्की संरचना बनाउन आग्रह गरेको बताइएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com