ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोटीमा प्रसिद्ध जोरायले बास्मती धान रोप्न शुरु


एबीसी / संवाददाता



डोटी, ७ असार
सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध जोरायले बास्मती धान रोप्न शुरु गरिएको छ । यहाँका नौ जिल्लामध्ये जोरायल गाउँपालिकामा उत्पादन हुने उक्त धान देशव्यापी रुपमा प्रसिद्ध मानिदै आएको छ । विभिन्न परिकार बनाउन सकिने यस धानको चामल पकाउँदा, खाँदा बासना आउने हुँदा यहाँ निकै लोकप्रिय मानिन्छ ।
सुदूरपश्चिमसहित नेपालभरिका बजारमा निकै लोकप्रिय बन्दै गएको जोरायले बास्मती चामल यो वर्षको असार ५ गतेदेखि रोप्न आरम्भ भएको स्थानीयवासी बताउँछन् । जोरायले बास्मती धान रोप्न यहाँका किसानलाई अहिले भ्याइनभ्याइ भएको छ ।
ठीक्कै खालको गर्मी मौसम तथा समथल ठाउँमा मात्रै उत्पादन हुने यो धान यहाँको जोरायल गाउँपालिकास्थित रावतकट्टे, चनकट्टे, हाट, सिलङ्गीबाग, थापली, स्याला, पिपलकण्डेलगायतका ठाउँमा लगाउने गरिएको स्थानीयवासी चित्रराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायले बास्मती धान लोप हुने अवस्थामा थियो, अहिले विभिन्न सङ्घसंस्था तथा स्थानीय सरकारको पहलमा संरक्षण गरिएको छ ।”
यहाँ उत्पादन हुने बास्मती चामल छिमेकी मुलुक भारतका विभिन्न शहरमा पनि बिक्रीका लागि पठाउने गरिएको छ । यसको मूल्य प्रतिकेजी रु १२० पर्ने गरेको व्यापारीहरु बताउँछन् । जोरायले बास्मती धान सुदूरपश्चिमकै उत्कृष्ट र मसिनो तथा खाँदा बास्नादार चामल हुने भएकाले सुदूरपश्चिम प्रदेशभरिमा यस धानको निकै माग हुने गरेको अर्का स्थानीयवासी विजयप्रकाश मल्लले जानकारी दिनुभयो ।
जोरायले बास्मती धान संरक्षणका लागि गाउँपालिकाले पनि विभिन्न कार्यक्रमहरु अघि सारेको गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिममा उत्कृष्ट मानिएको जोरायले बास्मती संरक्षणका लागि हामीले पालिकाको बजेट विभिन्न कार्यक्रम अघि सारेका छौँ, अब जिल्लाका अन्य क्षेत्रमा पनि उत्पादनका लागि पहल गर्ने छौँ ।”
मनसुन शुरु भएसँगै यहाँका सिँचाइ सुविधा पुगेका ठाउँमा उक्त धान रोपाइँ शुरु भएको हो । खोला किनारमा रहेका फाँटरुमा जोरायले बास्मती धान रोपाइँ गर्न थालिएको जोरायल गाउँपालिका–४ का किसान टेकबहादुर मडैले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष समयमै वर्षात् भएको छ, अहिले हामी बास्मती धान रोप्न थालेका छौँ, रोपी सकेपछि पनि यो धानलाई पानी बढी चाहिने भएकाले यो वर्षको मौसम राम्रो भएको हुँदा धान उत्पादन बढ्ने अनुमान छ ।”
यहाँका कम्तिमा पनि ८०० हेक्टर जमीनमा जोरायले बास्मती धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र सिलगढी डोटीले जनाएको छ । प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले यो वर्ष मनसुन चाँडै भित्रिएकाले जोरायले बासमती धान रोपाइँ पनि छिटो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सिँचाइ सुविधासँगै यो वर्ष समयमै वर्षात् भएको छ, किसानलाई बास्मती धान रोप्न चटारो भएको छ ।”
अघिल्ला वर्षमा जोरायले बासमती धान उत्पादन केही घटेकामा चालु आर्थिक वर्षमा धान उत्पादन बढेको थियो । मौसमले साथ दिए यो वर्ष पनि धान उत्पादन बढ्ने प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका कृषि प्राविधिकको अनुमान रहेको छ । जोरायले बास्मतीसँगै यहाँका किसानले मार्सी, थापाचिनी, गुर्रा, ठेसे, हंसराज र पाल्पाली धान समेत लगाउँदै आएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com