ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामूहिक बलात्कारका अभियुक्त पक्राउ


एबीसी / संवाददाता
असार ४, २०७८ शुक्रबार  ९ : ०६ बजे


सप्तरी, ४ असार । दश वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको १४ वर्षपछि फरार रहेका एक अभियुक्तलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ का ४० वर्षीय लोकेन्द्र र जोगेन्द्र भनी बोलाउने ओमप्रकाश मुखियालाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।फरारको सूचीमा रहेका आरोपित मुखियालाई घरैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताउनुभयो । सप्तरी जिल्ला अदालतका तत्कालीन जिल्ला न्यायाधीश श्रीप्रसाद सञ्जेलको इजलासले विसं २०७५ असार ५ गते सामूहिक बलात्कार गरेको कसुरमा मुखियालाई १३ वर्ष कैद सजायको फैसला गरेको थियो । सप्तरी जिल्ला अदालतका तहसिलदार दिनेश सुवेदीका अनुसार मुखियासहित उहाँका सालाहरू तिलाठी कोइलाडी गाउँपालिका–५ का ३३ वर्षीय श्यामा मुखिया, ३५ वर्षीय डोमा भनिने डोमी मुखिया र उनीहरूका बुवा ५५ वर्षीय बिकु मुखियालाई जनही १३ वर्ष कैद सजाय भएको छ ।

आरोपितहरूले विसं २०६४ असोज ९ गते सामूहिक बलात्कार गरेको भन्दै पीडितकी आमाले २०६४ असोज १० गते जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिनुभएको थियो । गाउँका आठदेखि १२ वर्षका छ बालबालिका भैँसी चराउन कोशीटप्पु कटैया पलार गएका बेला आरोपितहरूले अन्य बालकलाई हतियार देखाई कुटपिट गरी डोरीले बाँधेको र होहल्ला गरे ज्यान मार्ने धम्की दिँदै सामूहिक बलात्कार गरेको पीडितकी आमाको आरोप छ । आरोपितमध्ये श्यामा २०७७ चैत ९ गते पक्राउ भई राजविराज कारागारमा कैद छन् । श्यामाका दाजु डोमीको मृत्यु भएकाले सजाय माफी भएको छ । उनीहरूका बुवा बिकु अझै फेला परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

मिथिलामा आज अस्ताउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ पर्व मनाइँदै

आज विश्व क्षयरोग दिवस

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु

दुई महामन्त्री लिएर ओलीलाई समवेदना दिन गुण्डु पुगे विश्वप्रकाश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com