ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागलुङमा पहिराले खानेपानी अवरुद्ध


एबीसी / संवाददाता


बागलुङ, ३ असार :
ठाउँठाउँमा गएको पहिराले पाइपमा क्षति पु¥याएपछि बागलुङ बजारमा खानेपानी अवरुद्ध भएको छ । रेश, भुँदी र रिठ्ठेखोला मुहानबाट ल्याइएको खानेपानीको पाइपमा क्षति पुगेको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ ।

लगातारको वर्षासँगै भुँदीखोला मुहान नजिक जिरेदीमा १३ वटा पाइप पहिराले बगाएको संस्थाका प्रबन्धक हिमाल शर्माले बताउनुभयो । सुल्डाँडास्थित ट्याङ्कीछेउ पनि पहिरा खस्दा पाँच पाइपमा क्षति पुगेको छ । बोक्सेलगायत अन्य कैँयन ठाउँमा खानेपानीका पाइपमा क्षति पुगेको जनाइएको छ ।

“आयोजनामा ठूलो क्षति र अवरोध पुगेको छ, खानेपानीको सहज आपूर्ति हुन हप्ता दिन जति लाग्छ”, प्रबन्धक शर्माले भन्नुभयो । क्षति पुगेका ठाउँमा संस्थाका प्राविधिक र कर्मचारी मर्मतका लागि खटिइसकेको उहाँको भनाइ छ । पहिराको जोखिमका कारण बागलुङ नगरपालिका–३ मा निर्माणाधीन ‘लिफ्टिङ’ आयोजना पनि प्रभावित बनेको छ ।

शनिबारदेखि जारी वर्षाका कारण जिल्लाभर बाढीपहिराका घटना बढेका छन् । पहिराको जोखिमले दर्जनौँ परिवार विस्थापनमा परेका छन् । कतै धनमाल त कतै पशुचौपाया पहिरामा पुरिएका छन् । विस्थापित छिमेकीकहाँ आश्रय लिइरहेका छन् ।

ठूलादेखि ग्रामीण भेगसम्मका सडक मार्गलाई पहिराले क्षतविक्षत तुल्याएको छ । कालिगण्डकी करिडोरअन्तर्गत मालढुङ्गामा रहेको पक्की पुलमा बाढीले क्षति पु¥याएको छ । त्यसका कारण जिल्लाको दक्षिण भेगसँग सडक सम्पर्क टुटेको छ । खोलानाला बढेकाले पैदल आउजाउ गर्न पनि सहज छैन ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com