ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिरहामा रासायनिक मलको अभाव


admin
पुस १३, २०७४ बिहीबार  १२ : २८ बजे

लहान, १३ पुस । गहुँबाली छर्ने समयमा सिरहामा रासायनिक मलको अभाव भएपछि किसान चिन्तित बनेका छन् ।

बीउ छर्ने बेलामै डिएपी र युरिया मलको अभाव भएपछि गाउँ–गाउँबाट सिरहाको लहान आउने किसानले रित्तो हात फर्किनुपरेको गुनासो गरेका छन् ।

सिरहाको गोविन्दपुरबाट डिएपी मल लिन लहान आएका मो मस्तिकिमले तीन दिनदेखि धाउँदा पनि मल नपाएपछि रित्तो हात फर्कनुपरेको गुनासो गर्नु भएको छ । उहाँले धान काटेर गहुँ लगाउने बेलामा मल नपाएका कारण खेत बाँझै राख्नुपर्ने अवस्था आएको दुःखेसो पोख्नुभयो ।

कृषि सामग्री कम्पनी लहानबाट उपलब्ध भएको थोरै डिएपी र युरिया मल स्थानीय डिलरहरुले अत्यधिक महँगोमा बेच्ने गरेको र अधिकांशले त्यो पनि नपाउने अवस्था रहेको किसानले गुनासो गरेका छन् ।

जिल्लाका सहकारी संस्थाले भने तीन–चार दिन धाएपछि मात्र कृषि सामग्री कम्पनी शाखा लहानमार्फत थोरै परिमाणमा डिएपी र युरिया मल पाउने गरेको र ढुवानी खर्च अत्यधिक हुँदा महँगोमा बेच्नुपरेको बताएका छन् ।

यता कृषि सामग्री कम्पनी शाखा लहानका शाखा प्रबन्धक चन्द्रप्रसाद चौलागार्इंले युरिया र डिएपी मल सहजरुपमा आपूर्ति हुन नसकेकाले जिल्लामा रासायनिक मलको अभाव भएको बताउनुभयो ।

उहाँका अनुसार कम्पनी शाखाको गोदाममा मात्र ४८५ बोरा डिएपी मल रहेका छन् युरिया मल एक बोरा पनि गोदाममा छैन । गत कात्तिक महिनायता हालसम्म युरिया मल सात हजार ५०० बोरा र डिएपी १२ हजार २१७ बोरामात्र आपूर्ति भएको कृषि सामग्री कम्पनीले जनाएको छ ।

कम्पनीले युरिया प्रतिबोरा रु ७३८ र डिएपी रु दुई हजार १८८ का दरले बिक्री वितरण गर्दै आए पनि सहकारी संस्थाले निर्धारित मूल्यभन्दा बढी मूल्यमा रासायनिक मल बिक्री वितरण गर्ने गरेको किसानको गुनासो छ ।

रासायनिक मलको अभाव रहेको मौका छोपी सहकारीले बढी मूल्य लिएर रासायनिक मल बेचेको विषयमा आफ्नो कार्यालयमा हालसम्म उजुरी नपरेको प्रबन्धक चौलागार्इंको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

मन्त्रीको महललाई ‘नक्सा’ नचाहिने, गरिबको झुपडीलाई ‘डोजर’ चाहिने: सरकार, यो कस्तो ‘अटेरी’ न्याय?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com