ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्ची क्षेत्रका बाढीपीडितलाई सिल्क ग्रुपको खाद्यान्न सहयोग


एबीसी / संवाददाता


काठमाडौँ, २ असार :
अविरल वर्षापछि आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका स्थानीयलाई सिल्क ग्रुपले खाद्यान्न सहयोग गरेको छ । सिन्धुपाल्चोकका जनप्रतिनिधि एवं प्रतिनिधिसभमाका सभामुख अग्निप्रसाद सापकोटाको पहलमा सिल्क ग्रुपले २०० बोरा चामल सहयोग गरेको हो । सिल्क ट्रान्सपोर्टमार्फत प्राप्त चामल आजै सभामुख सापकोटाले मेलम्ची–इन्द्रावती क्षेत्र प्राकृतिक विपद् व्यवस्थापन मूल समितिका संयोजक कृष्णगोपाल तामाङलाई हस्तान्तरण गर्नुभयो ।

उक्त खाद्यान्न सिल्क ग्रुपले मेलम्चीमा पु¥याएर हस्तान्तरण गरेको हो । खाद्यान्न आजै प्रभावित क्षेत्रमा पु¥याइएको छ । सिल्क ग्रुपले बाढीपहिरो पीडितलाई १०० वटा त्रिपाल र म्याट्रेस पनि सहयोग गर्दै छ ।

तातोपानी भन्सारमा रहेको त्रिपाल र म्याट्रेस मेलम्चीका लागि हिँडाइएको सिल्क ग्रुपका अध्यक्ष रमेश तामाङले जानकारी दिनुभयो । हिमालय सीमापार व्यापारमा संलग्न सिल्क ग्रुपले यसअघि पनि प्राकृतिक प्रकोपमा परेका नागरिकलाई सहयोग गर्दै आएको छ ।

सिल्क ग्रुप उत्तरी नाका विशेषगरी तातोपानी नाकामार्फत नेपाल–चीन व्यापारमा क्रियाशील रहेको छ । सिल्क ग्रुपले कोरोना भाइरसको दोस्रो लहरका बेला नेपालमा अक्सिजन सिलिण्डरको चर्को अभाव भएका बेला चीनबाट १४ हजार सिलिण्डर आयात गरेको थियो ।

तीन दिनदेखिको अविरल वर्षापछि मंगलबार साँझ सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । बाढीमा परेर दर्जनौ बेपत्ता भएको स्थानीय प्रशासनले जनाएको छ । सभामुख सापकोटासँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ प्रभावित क्षेत्रमा पुगेर उद्धार, व्यवस्थापन तथा राहत वितरणमा जुट्नु भएको थियो । बाढीले मेलम्ची बजारका अधिकांश क्षेत्र डुबानमा पारेको छ । –––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com