ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिटोछरितो काम गर्न समाज कल्याण परिषद्का कर्मचारीलाई मन्त्री चौधरीको कडा निर्देशन


एबीसी / संवाददाता

काठमाडौं, २ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले छिटोछरितो कार्य सम्पादन गर्न कडा निर्देशन दिनुभएको छ । समाज कल्याण परिषदद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

मन्त्री चौधरीले परिषदबाट मन्त्रालय फाइल पठाउदा आबश्यक फाइल मात्र पठाउन निर्देशन समेत दिनुभयो । उहाँले नविकरण नभएका संस्थालाई एक पटकलाई सुचना दिएर नविकरण हुन नआएको खण्डमा संस्था खारेज गर्नु पर्ने बताउनुभयो । तीन बर्ष सम्म नविकरण नहुने संघ संस्था खारेज हुने नीति नियम बनाउन परिषद्लाई निर्देशन समेत दिनुभयो । उहाँले परिषद्लाई काम गर्न सहज वातावरण बनाउन मन्त्रालय पुर्ण तयार रहेको बताउँदै परिषद् पनि सोही अनुसार तदारुकताका साथ काम गर्नु पर्ने बताउनुभयो ।

कोभिड १९ महामारीको बेला संघ संस्था मार्फत राहत सामाग्री बितरणको तथ्यांक ब्यबस्थापन राम्ररी हुन नसकेको भन्दै तथ्यांक अपडेट गरि प्राथमिकिकरण गर्न परिषद्का पदाधिकारीहरुलाई मन्त्री चौधरीले निर्देशन दिनुभयो । उहाँले आफू मन्त्री भएर मन्त्रालयमा आएपछि मन्त्रालय अन्तर्गत कम्तीमा ५ वटा नमुना काम गर्नमा आफ्नो जोड रहेको बताउनुभयो । मन्त्री चौधरीले आजै परिषदको अध्यक्षको पदभार ग्रहण गर्नुभयो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मन्त्री समाज कल्याण परिषद्को अध्यक्ष हुने ब्यबस्था रहेको छ । सो अबसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका राज्यमन्त्री रेनुका गुरुङ, मन्त्रालयका सचिवको समेत उपस्थितिमा परिषद्का सदस्य सचिवले बिस्तृत प्रस्तुतिकरण गर्नुभएको थियो । परिषद अन्तर्गत करिब ५२ हजार रास्ट्रीय सामाजिक संस्था आबद्ध रहेका छन भने करिब २ सय अन्तर्राष्ट्रिय संस्थाहरुको आबद्धता रहेका छन । बर्षेनि करिव ४० अर्व रुपैयाँ बराबरको वैदेशिक सहयोगको रुपमा भित्रीने गरेको परिषदले जनाएका छन । परिषदले राष्ट्रिय र अन्तर्राष्ट्रिय सामाजिक संघ संस्थाको नविकरण संगै अनुगमन तथा मुल्यांकन गर्ने काम गर्दै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com