ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नाली सरसफाई नहुँदा डुवानको चपेटामा बागलुङ बजार


राम प्रसाद घिमिरे

बागलुङ १ असार । निरन्तरको वर्षातको कारण बागलुङ बजारमा बाढी पसेको छ । बागलुङ बजारका विभिन्न चोकका नाली व्यवस्थित गर्न नसकेको कारण बागलुङ बजार जलमग्न भएको हो । बागलुङ नगरपालिका वाड नम्वर ३ रातामाटा देखि वग्ने चौलानिखोलामा आएको भेल बागलुङ बजारमा छिरेपछी नालीले धान्न नसकेपछि बागलुङ बजार जलमग्न भएको छ ।

बागलुङ बजारमा अव्यवस्थित घर निर्माण तथा सडकनाली थुनिदा बागलुङ बजार जलमग्न भएको छ । निर्माणानिध मध्यपहाडी लोकमार्गमा काम प्रभावकारी नहुदा समस्या भएको हो । गएराती देखी आफुहरुको घर जोखिममा पर्दा पटक पटक नगरपालिकालाई जानकारी गराउदा समेत व्यवास्ता गरेको स्थानिय धनवहादुर कार्कीले बताए ।

अहिले बागलुङ बजारको मुख्य क्षेत्र शिवधाराचोक, लालीगुराँस चोक, पुरानो गोदाम चोक डुवानमा परेको छ । वर्षाको कारण बागलुङ नगरपालिका वडा नम्वर २,३ र ४ नम्वरको बजार क्षेत्र प्रभावित भएको छ ।

सडक डुबान हुँदा एक दर्जन भन्दा बढी घर तथा पसल भित्र पानी पसेर क्षती पुर्याएको छ । नगरपालिकाले नालि व्यवस्थापनका लागि वर्षेनी बजेट विनियोजन गर्दै आएपनि सडक नाली अझै व्यवस्थित हुन सकेको छैन । नगरपालिकाको नेतृत्वको उदासीनता कारण यस्तो समस्या आएको बागलुङ नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष धुर्व वहादुर केसीले बताए । आफुले पटकपटक नगरकार्यापालिकाको बैठकमा नालि सरसफाइको कुरा उठाएपनि नगरपालिकाको सिङ्गो प्रशासनको लाचारीपनका कारण नागरिकले डुवानको सास्ती खेप्न बाध्य भएको केसिले गुनासो गरे ।

बजार क्षेत्रमा अव्यवस्थित रुपमा निर्माणधीन घरले नाली व्बुझ्ने, नालीमा निर्माण सामाग्री राख्दा नाली थुनिएर झनै समस्या आएको छ । स्थानीयले नालीमा जथाभावी फोहोर फाल्ने, निर्माण सामाग्री राख्ने जस्ता कार्य गर्दा समेत नगरपालिकाले नियमन नगरेको कारण समस्या सृजना भएको छ ।
अहिले बागलुङ बजारका अधिकासं सडक जलमग्न भएको छ भने हालै मात्र निर्माण गरिएको कालोेपत्रे सडक समेत उक्किन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com