ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोलेरो जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते


एबीसी / संवाददाता


काठमाडौं, ३० जेठ ।   जिल्लाको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा१८च१५६७ नंको बोलेरोमा सवार चारमध्ये एक जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने सिन्धुलीको दुधौली नगरपालिका–१० का ६० वर्षीय इन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेमा कटारी नगरपालिका–१० का चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली–४ का ३० वर्षीय झगरबहादुर सार्की र ताप्ली–४ कै २६ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । शनिबार बेलुकी ८ बजेतिर ताप्लीको पोखरीडाँडाको भित्री कच्ची सडकमा नियन्त्रण गुमाएर बोलेरो जीप सडकबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो ।

घटनालगत्तै इलाका प्रहरी कार्यलय कटारी र ताप्ली प्रहरी चौकीबाट उद्धारका लागि पुगेका प्रहरीले घाइते तीन जनालाई कटारी अस्पतालमा लगेर उपचार गराउन शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com