ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिकालाई रु पाँच लाखको स्वास्थ्य सामग्री


एबीसी / संवाददाता
जेष्ठ २५, २०७८ मंगलबार   १ : ०५   बजे


डोटी, २५ जेठ :
जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सम विकास केन्द्र (इडिसी)ले यहाँको जोरायल गाउँपालिकालाई आज रु पाँच लाख १६ हजार ५०० बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । पछिल्लो समय उक्त गाउँपालिकामा रहेका नागरिकमा कोरोना सङ्क्रमण देखिन थालेका कारण स्वास्थ्य सामग्री उपलब्ध गराएको संस्थाका वित्तीय अधिकृत कृष्णसुन्दर श्रेष्ठ जानकारी दिनुभयो ।

उहाँका अनुसार बितरण गरिएका स्वास्थ्य सामग्रीमा मेडीसियन शय्या, इलेक्ट्रोनिक वाटर हिटर, पिपिइ सेट, पल्स अक्सोमिटर, ईलिक्ट्रिक वाटर हिटर, थर्मल गन, सर्जिकल मास्क, ग्लोब्स, सेनिटाईजर साबुन, ओडीलिन सर्जिकल मास्कलगायत स्वास्थ्य सामग्री रहेका छन् । कोभिड–१९ को दोस्रो लहरको महामारीले गाउँपालिकाका नागरिकलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले प्रदान गरिएको स्वास्थ्य सामग्रीले कोरोना सङ्क्रमितको उपचार तथा रोकथाममा निकै सहज हुँने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

संस्थाले प्रदान गरेका स्वास्थ्य सामग्री गाउँपालिकामार्फत रहेका संस्थागत आईसोलेशन सेन्टर तथा गाउँपालिकाअन्तर्गत स्वास्थ्य संस्था स्वास्थ्य एकाई र प्राथमिकताका आधारमा अन्य वडाका स्वास्थ्यले समुदायका गरीब, दलित, विपन्न, महिलालाई प्राथमिकताको आधारमा वितरण गरिने अध्यक्ष ओझाले जानकारी दिनुभयो । विश्वव्यापी महामारीकोरूपमा रहेको कोरोना सङ्क्रमणको महामारीको समयमा प्राप्त भएका सामग्रीले गाउँपालिकामा रहेका सङ्क्रमितको उपचारमा ठूलो सहयोग पुग्ने गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री पाएका छौँ, सङ्क्रमितको उपचारका लागि हामीलाई निकै हसज हुनेछ ।”(रासस)
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै ३ बजे शपथ

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित

आइतबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङ पर्ने सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group