ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिब्बतको गुडविल फाउन्डेशनबाट नेपाललाई ५० थान अक्सिजन कन्सन्ट्रेटर सहयोग


एबीसी / संवाददाता

काठमाडौँ, २२ जेठ । चीनको तिब्बतमा रहेको सामाजिक संस्था गुडविल फाउन्डेसनले नेपालका लागि ५० वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेको छ ।

गुडविल फाउन्डेशनका महासचिव मा झिजियानले आज ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई यी स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।


नेपालमा फैलिएको कोरोना भाइरसको दोस्रो महामारीविरुद्ध संयुक्त रुपमा लड्न चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्स्चेन्ज, सिल्क रोड एनजीओ कोअपरेशन नेटवर्क र गुडविल फाउन्डेशनद्वारा सुरु गरिएको ‘कोभिड–१९ सिल्क रोड कम्युनिटी विल्डिङ इनिसियटिभ’को पहलमा यी स्वास्थ्य सामाग्रीहरु सहयोग गरिएको हो । गुडविल फाउन्डेशनको अगुवाईमा चीनका गैरसरकारी संस्थाहरु र सहयोगी दाताहरुमार्फतसंकलन गरिएका यी स्वास्थ्य सामाग्री नेपाली महावाणिज्यदूत नवराज ढकाललाई हस्तान्तरण गरिएको छ ।

गुडविल फाउन्डेशन र नेपाल चीन कैलाश कल्चर प्रमोशन एशोसिएसनले ५० वटा अक्सिजन कन्सट्रेटर सहयोग गरेका छन् । यसैगरी सिचुवान प्रान्तको लेसान शहरले लुम्बिनी विकास कोषलाई १० वटा कन्सट्रेटर सहयोग गरेको छ । लेसान शहरको लुम्बिनी विकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकासँग भगिनी सम्बन्ध रहेको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण समारोहमा बोल्दै महावाणिज्य दूत ढकालले महामारी नियन्त्रणका लागि चीनबाट नेपाललाई भैरहेको निरन्तरको सहयोगप्रति आभार व्यक्त गरे । ढकालले सयौंवर्षदेखि नेपाल र चीनबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै गुडविल फाउन्डेशन र नेपाललाई माया गर्ने अन्य संस्थाहरुको सराहना गरे । चीन र नेपालले एकआपसलाई सधैंभर हरेक अप्ठ्ेरोका सहयोगी बनेको बताए । ढकालले भने, ‘जनवादी गणतन्त्र चीन सरकार र तिब्बत स्वायत्त सरकारलगायत अन्य सहयोगी गैरसरकारी संस्थाहरुले नेपालको महामारी नियन्त्रणका लागि काँधमा काँध मिलाएका छन् ।’

त्यसअवसरमा गुडविल फाउन्डेशनका निर्देशक मा ले नेपाल एक्लै नभएको जिकिर गरे । नेपाललाई संकट पर्दा चिनियाँ जनताले सधैंभर साथ दिने उनले प्रतिद्धता व्यक्त गरे । मा ले भने, ‘हामीबीच रहँदै आएको मित्रवत भाइचारा सम्बन्ध आगामी पिढीसम्म पनि जीवन्त रहनेछ । यो सम्बन्धलाई मजबुद बनाउन दुवै पक्ष मिलेर अघि बढ्नु पर्दछ । नेपाललाई आइपर्ने सबै संकटको सामना गर्न हामी सधैंभर तत्पर रहनेछौं ।’

यो सहयोग गुडविल फाउन्डेशनको ‘फाइट अगनेष्ट कोभिड १९, यू आर न अलोन’को एक हिस्सा हो । महावाणिज्य दूतावासलाई हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्री ल्हासाबाट सडकमार्गहुँदै काठमाडौंका लागि आजै पठाइसकिएको छ ।

फाउन्डेशनले गत वर्ष पनि नेपालमा २ लाख ३० हजार मेडिकल मास्क सहयोग गरेको थियो । यसैगरी, काठमाडौं, जनकपुर लगायतका विभिन्न स्थानमा हात धुने केन्द्रको स्थापना गरेको थियो । फाउन्डेशनले यसअघि नेपालमा कैयौं कल्याणकारी कार्य गर्दै आएको छ । नेपाली बेरोजगार युवालाई विभिन्न सिपमुलक प्रशिक्षण दिएर स्वरोजगारमा उत्प्रेरित गर्ने काममा फाउन्डेसनले सहयोग गरेको छ । २०७२ सालको विनाशकारी भूकम्पबाट पीडित बालबालिको शैक्षिक स्तरोन्नती गर्नका लागि पनि फाउन्डेसनले विभिन्न कार्यक्रम गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com