ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रिय प्रत्यारोपण केन्द्र झौखेलमा बनाउने सम्झौता


एबीसी / संवाददाता
जेष्ठ २१, २०७८ शुक्रबार  ९ : १९ बजे


भक्तपुर, २१ जेठ :
सरकारले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ झौखेलमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको भवन निर्माण गरी स्थानान्तरण गर्ने भएको छ । नेपाल र भारतबाट आउने बिरामीको चाप बढ्दा भवन अभाव भएपछि मन्त्रिपरिषद्ले झौखेलमा अस्पतालको भवन निर्माण गर्ने निर्णय गरेसँगै कहाँ बन्ला भन्ने अन्योल हटेको छ ।

सरकारले साविक झौखेल गाविसको वडा नं ३ को कित्ता नं १ मा रहेको छ रोपनी एक आना दुई पैसा, सोही ठाउँमा रहेको कित्ता नं ११३ को २५ रोपनी पाँच आना दुई पैसा गरी करिब ३२ रोपनी क्षेत्रफल रहेको उक्त सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने कार्यनीति, २०७१ (संशोधनसहित)को दफा १२ (४) र दफा ५ को देहायको खण्ड (ग) बमोजिम ३० वर्षका लागि भाडामा दिने निर्णय गरेको चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को निर्णयसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको भूमि व्यवस्थापन तथा अभिलेख विभागले यही जेठ १७ गते भूमिसुधार तथा मालपोत कार्यालयलाई मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनका लागि पत्र पठाएपछि जिल्ला मालपोत कार्यालय भक्तपुुरले २०७८ जेठ १८ गतेदेखि २१०८ जेठ १७ गतेसम्म जग्गा लिजमा दिने सम्झौता गरेको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भक्तपुरका निवर्तमान सांसद एवं पूर्वमन्त्री महेश बस्नेत, एमाले जिल्ला अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापासहितको पहलमा झौखेलमा उक्त अस्पताल निर्माण गर्ने निर्णय गराउन सफल भएको नगरप्रमुख मिश्रले बताउनुभयो । एमाले नेता बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, नगरप्रमुख मिश्रलगायत टोलीले अस्पताल भवन निर्माणस्थलको अवलोकन गर्नुभएको थियो ।

चाँगुनारायणकै दुवाकोटमा वीर अस्पतालसमेत निर्माण गर्न नेता बस्नेतकै नेतृत्वमा नगरप्रमुख मिश्र, जिसस प्रमुख गेलालसहितको टोलीको लामै पहलपछि सरकारले आगामी तीन वर्षभित्र अस्पतालको सबै भवन निर्माण गरेर पूर्णरूपमा सञ्चालनमा ल्याउने गरी बजेटसमेत विनियोजन गरेको छ ।

विसं २०७५ साउन २१ गते चाँगुनारायणकै वडा नं ७ बागेश्वरीको ७० रोपनी जग्गा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई दिने नगरपालिकासहित सरोकारवाला निकायले सहमति गर्दै सरकारलाई पत्राचार गरेको तर अस्पताल प्रशासनले उक्त जग्गा अस्पतालका लागि टाढा भएको, पायक नपरेको र अन्त जग्गा नपाए मात्रै विकल्पको रूपमा राख्ने भन्दै चासो नदिएपछि अन्यत्र जग्गा खोजी भएको थियो ।

एमाले नेता बस्नेतले उक्त अस्पतालको भवन निर्माणबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चासो दिएपछि उपयुक्त ठाउँको छनोट गर्ने क्रममा विवादरहित झौखेलका लागि सहमति गरिएको बताउनुभयो । झौखेलको जग्गामा उक्त अस्पताल बनाउनेबारेमा आफ्नै नेतृत्वमा जिसस भक्तपुरका प्रमुख गेलाल, चाँगुनारायणका प्रमुख मिश्र र सूर्यविनायकका प्रमुख थापाबीच सहमति गर्दै अस्पताल छिटो निर्माण गराउने सहमति भएको उहाँले बताउनुभयो ।

“अस्पतालले नै बागीश्वरी टाढा हुन्छ, पायक पर्दैन, काहीँ नपाए मात्रै हेरौँला भन्दै अन्त जग्गा खोजेपछि झौखेल र सूर्यविनायक नगरपालिका–५ कटुञ्जेको करिब ३१ रोपनी जग्गामा उक्त अस्पताल सार्ने गरी प्रक्रिया अगाडि बढाएका थियौँ”, बस्नेतले भन्नुभयो, “तर कटुञ्जेमा गणेशमानसिंह वाटिकाको जग्गामा अस्पताल राख्न कुनै हालतमा दिँदैनौँ भन्दै कांग्रेस भक्तपुर सभापति दूर्लभ थापासहित सिङ्गो कांग्रेसले विरोध गर्दा त्यहाँ राख्न सकेनौँ, यो अस्पताललाई भक्तपुरबाट बाहिरी जिल्लामा लैजाने चलखेल भएपछि अन्नतः झौखेलमा सार्न हामी सहमत भयौँ ।”

नेता बस्नेतले सूर्यविनायक र बागीश्वरीका जनतालाई अस्पताल निर्माणको विषयलाई लिएर कुनै विवाद नगर्न आह्वान गर्दै दुवै ठाउँमा अस्पताल र अरु विकासका पूर्वाधार ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भक्तपुर क्यान्सर अस्पताललाई चित्तपोलको नगरकोटी टोलमा रहेको ६५ रोपनी जग्गामा सार्ने, सूर्यविनायकको कटुञ्जेस्थित बाहुनडोलमा सरुवा रोग नियन्त्रण केन्द्र र बागीश्वरीमा स्थानीयवासीसँगको छलफलमा उपयुक्त विकासका पूर्वाधार लैजाने प्रतिबद्धता व्यक्त गर्दछु ।”

सरकारले नेपालकै केन्द्रीय अस्पतालको रूपमा मानव अङ्ग प्रत्यारोपण केन्द्रको स्थापना गर्दै भक्तपुरको दूधपाटीस्थित भक्तपुर अस्पतालका लागि निर्माण गरेको नयाँ भवनमा शुरुमा मिर्गौलाको बहिरङ्ग, अन्तरङ्ग, डायलासिस र प्रत्यारोपण सेवा दिएको यो अस्पतालले हाल कलेजो प्रत्यारोपणदेखि अन्य शल्यक्रियासमेत गर्दै आएको छ । भारतदेखिका बिरामी आउने भएपछि शय्या अभाव र सेवा विस्तारले ठाउँ अभावले सोही भवनमा तला थप्ने, खाली ठाउँमा अस्थायी संरचना बनाउँदै सेवा दिँदै आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com