ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदको स्वीकृति बेगर कर लगाउनु स्थापित मान्यता विपरित : कांग्रेस


एबीसी / संवाददाता


नेपाली कांग्रेसले सरकारले अध्यादेशमार्फत ल्याएको आगामी आर्थिक वर्षको बजेट जनप्रतिनिधिको थलो संसदको स्वीकृति बेगर सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कुनै पनि कार्य पाइदैँन् भन्ने स्थापित लोकतान्त्रिक मूल्य र मान्यताविपरित भएको भनी टिप्पणी गरेको छ । सरकारद्वारा यही जेठ १५ गते सार्वजनिक आव २०७८÷८९ को बजेट वक्तव्यका सम्बन्धमा आज कांग्रेस नेता डा मीनेन्द्र रिजालले पार्टीको सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन सकिन्छ भन्ने भ्रमबाट सरकार अझै मुक्त हुन नसकेको आरोप लगाउनुभयो ।

बजेटमा अघिल्ला केही वर्षहरुदेखि कार्यान्वयनमा रहेका योजनाहरुको फेहरिस्तलाई नयाँ योजनाका रुपमा प्रस्तुत गरेर निकै पो काम हुन लागेछ भन्ने भ्रम छर्न खोजिएको कांग्रेसको टिप्पणी छ । यो सरकारले आफ्नो कार्यभार सम्हाल्दा सार्वजनिक ऋण रु ८०९ अर्ब थियो, ठोस उपलब्धि बेगर नै त्यस्तो ऋण अहिले झण्डै दुई गुणा पुग्न लागेको उहाँले उल्लेख गर्नुभयो । नेता रिजालले भन्नुभयो, “योजना कार्यान्वयन गर्ने क्षमता छैन, भ्रमको खेती गरी अघिल्लो निर्वाचनमा झैं जनमत प्रभावित गर्ने भन्ने सरकारी दुराशय बजेट वक्तव्यमा प्रष्ट छ ।”

भौतिक उपलब्धिका लक्ष्य कुनै वास्तविकतामा आधारित नभएको, गठन भएदेखि हरेक वर्ष झण्डैै एक हजार अर्ब वा बढी राजश्वको लक्ष्य राख्ने यो सरकारले अहिलेसम्म कुनै वर्ष पनि राजश्व ८५० अर्ब नपु¥याएको उहाँको भनाई थियो । यही वर्षमा पनि स्वदेशी र विदेशी ऋणको भार थपिने, कोरोनाबाट संत्रस्त नागरिकबाट आगामी वर्ष एक हजार १५२ अर्ब राजश्व सङ्कलन गर्ने योजना विफल हुने कांग्रेसको टिप्पणी छ । नेता रिजालले भन्नुभयो, “आगामी आर्थिक वर्ष आन्तरिक ऋण ३०९ अर्ब पुग्ने सरकारी प्रक्षेपण छ, यसले गर्दा सरकारी र निजी क्षेत्र बीच प्रतिस्पर्धा भई निजी क्षेत्रका लागि आवश्यक कर्जा प्राप्त गर्न कठिनाई हुनेछ । ब्याज दरमा अनावश्यक चाप पर्ने छ, लगानीको वातावरण थप विग्रने छ ।”

पहुँचवाला नेताहरुको निर्वाचन क्षेत्रमा अत्यधिक रुपमा बजेट विनियोजन भएको सुन्दा कोभिड–१९ ले आहतमा परेका आमनागरिकको विवेकमा अपमान भएको उहाँको टिप्पणी थियो । अर्थतन्त्रको बलियो खम्बा विदेशमा रोजगारी गर्न बाध्य युवाहरुका प्रति बजेटमा खासै ध्यान नपुगेको र कोरोनाको कहरमा विश्व अर्थतन्त्र सङ्कूचित हुँदा हाम्रो विप्रेषणको आय घट्न पुग्यो भने लगानीको वातावरण अझ दुषित हुने कांग्रेसको धारणा छ ।

बजेट वक्तव्यमा भनिए जस्तो अर्थतन्त्रको विस्तार ६।५ प्रतिशत हुने सम्भव छैन्, कोभिड सङ्क्रमणको दोस्रो लहरका कारण यो वर्ष पनि सरकारले अनुमान गरे झै अर्थतन्त्र चार प्रतिशतले विस्तार हुनु सट्टा सिमान्त रुपमा मात्रै विस्तार हुने उहाँको भनाइ थियो । “अघिल्लो वर्ष माघ १४ गते प्रधानमन्त्रीले तीन महिना भित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराइसक्ने छांै भन्नु भएको थियो । तर चार महिना वितिसक्यो देशमा जम्मा दुई लाख ३२ हजार नागरिकहरुले मात्र खोपको दुबै मात्रा लगाउन पाएका छन्”, उहाँले भन्नुभयो । नेता रिजालले कुनै कुटनीतिक गृहकार्य र परिश्रम विना जतासुकै पत्र पठाएकै भरमा खोपको जोहो हुन्छ भन्ने सोच सरकारको अनुत्तरदायी श्रृङ्खलामा थप अर्को कडी हो भन्नुभयो ।

खोप लगाउने, कोभिड सङ्क्रमण फैलिन नदिने, सङ्क्रमितलाई उपचार गरेर जोगाउने सरकारी जिम्मेवारी बजेट किताबमा रकम छुट्याएर मात्र पुरा नहुने उहाँको भनाई थियो ।

विघटित प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष भूमिकामा रहेको नेपाली कांग्रेसको आर्थिक वर्ष २०७८/७९ को अनुमानित आय व्यय विवरण९बजेट०का सम्वन्धमा आधिकारिक लिखित धाराणा राख्ने क्रममा सञ्चारकर्मीको जिज्ञासामा अदालतबाट प्रतिनिधिसभा पुनस्थापना हुन्छ भन्नेमा कुनै शङ्का नरहेको बताउदैँ उहाँले सदन पुनःस्थापनापछि बन्ने सरकाले बजेटलाई आफनै ढङ्गले अघि बढाउने छ भन्नुभयो । एक प्रश्नको जवाफमा डा. रिजालले भन्नुभयो, “सर्वोच्च अदालतको फैसलाबाट संविधान, न्याय र जनताको पक्षमा निर्णय आउने र त्यसपछि राजनीतिक कठिनाईबाट देशले मुक्ति पाउने छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com