ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचनपछि जनतामा देखिएको क्षणिक निराशाको अन्त्य हुनेछ : प्रधानमन्त्री ओली


एबीसी / संवाददाता

काठमाडौं, १४ जेठ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाले वर्तमान सरकारलाई विश्वासको मत र वैकल्पिक सरकार दिन नसकेपछि संवैधानिक प्रक्रियाबमोजिम मध्यावधि निर्वाचनको मिति घोषणा भएको बताउनुभएको छ ।

आगामी आर्थिक वर्षको बजेट ल्याइनु अघिल्लो दिन आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले कि त यही सरकारलाई विश्वासको मत दिन कि त वैकल्पिक सरकार बनाउन प्रस्ताव गरेको तर प्रतिनिधिसभा अकर्मण्य भई परिणाम दिन नसकेको जनाउनुभएको हो । गत वैशाख २७ गते प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएपछि संविधानको धारा ७६ ९३० बमोजिम संसदमा ठूलो दलका हैसिसयतले ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । सो सरकारले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था भएकामा पुनः विश्वासको मत पाउने भरपर्दो आधार नदेखेर आफूले संविधानको धारा ७६ ९५० बमोजिम सरकार गठनका लागि मार्गप्रशस्त गरेको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।

मार्गप्रशस्तपछि राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ ६ गते नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएको थियो । आव्हानसपछि जनता समाजवादी पार्टी नेपालले संस्थागतरुपमा आफ्नो नेतृत्वमा हुने सरकारमा समर्थन हुने निर्णग गरेकोले आफूले बहुमतसहित प्रधानमन्त्रीमा दाबी गर्दा संस्थागत निर्णयविपरीत एमाले र जसपाका केही सांसदले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गरेपछि दुवै दाबी विवादित भई मुलुक मध्यावधि निर्वाचनतर्फ गएको स्पष्ट गर्नुभयो । आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरिएको छ ।

‘‘मलाई एमाले र जसपाले संस्थागत समर्थन गरेका थिए तर त्यसबीचमा उत्पन्न घटनाक्रम बहुदलीय प्रणाली र संसदीय व्यवस्थाको धज्जी उडाउने खालका भए । महामारी रोकथाम गर्नुपर्ने तथा नयाँ नीति तथा कार्यक्रम एवं बजेट ल्याउनुपर्ने समयमा सरकार बन्न नसक्ने स्थिति भयो ।’’ एमालेका अध्यक्ष प्रधानन्त्री ओलीले भन्नुभयो, ‘‘यस्तै विकृत अभ्यासका कारण विगतमा पनि सरकार र विकास निर्माणका काम प्रभावित भएका थिए । बहुदलीय शासन प्रणालीप्रति जनतामा वितृष्ण पैदा गर्ने यो कार्य लोकतान्त्रिक गणतन्त्रप्रतिको उग्र दक्षिणपन्थी र उग्र वामपन्थीको हमलाको निरन्तरता हो । यस्ता प्रवृत्ति दोहोरिनु दुःखद् छ । दलहरु बहुदलीय प्रणालीका आधारस्तम्भ बहुदल हुन् । यस प्रणालीमा निर्दलीय चरित्र देखिनु सामान्य विषय होइन ।’

बहुदलीय प्रणालीमा पार्टीको व्हीप नमान्ने गतिविधि स्वीकार्य नहुने जानकारी सोही समयमा राष्ट्रपतिसमक्ष अवगत गराइएको पनि जनाउँदै उहाँले गत पुस ५ गते भएको प्रतिनिधिसभा विघठनविरुद्धको रिटमा गत फागुन ११ गते सर्वाच्च अदालतबाट भएको पुनःस्थापनाको आदेशबमोजिमका सबै प्रक्रिया पूरा भएर संविधानअनुसार निर्वाचन घोषणा भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले सत्ताप्राप्ति साधनमात्र भएको र लोकतन्त्रलाई जनताको जीवनमा अनुवाद गर्नु नै साध्या हो भन्नुभयो । उहाँले विकृत अभ्यास झाँगिदै गएर लोकतान्त्रिक प्रणाली खतरामा पर्ला कि भनेर ताजा जनादेशमा जानु र जनादेशप्राप्त पार्टीले सरकार चलाउनु नै उत्तम लोकतान्त्रिक विकल्प भएको बताउनुभयो ।

निर्वाचनका जानु प्रतिगमन भन्नु जनताको सार्वभौम अधिकारमा अपमान हो भन्दै उहाँले निर्वाचन स्वच्छ र भयरहीन हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसमा कुनै आशङ्का भएमा निर्वाचनका लागि सरकारमा आउन आग्रह सबै दललाई उहाँले पुनः आग्रह गर्नुभयो । यसै वर्षमा हुने प्रतिनिधिसभा र स्थानीय तहको पनि निर्वाचनपछि हाल जनतामा देखिएको क्षणिक निराशाको अन्त्य हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० पार्टी एकताका आफूले अन्तिमसम्म प्रयास गरेको तर स्वार्थकेन्द्रित गठनबन्धन गरेर महाधिवेशनबाट निर्वाचित अध्यालाई हटाउने खेल भएको स्मरण गराउँदै उहाँले नेकपा विभाजन नभएको भए यतिबेला नेकपामा महाधिवेशन भइसक्ने पनि बताउनुभयो । नेकपाकको एकताको बिरासतका रुपमा एमालेलाई नै एकीकरणको बिरासतका रुपमा अघि बढाउने प्रयास गर्दा मोर्चा बनाउने र अन्त्यहीन विवाद चलाउने, फ्ल्लोर क्रम गराउने, पाटीको निर्देशन नमान्ने र विपक्षीसँग गठबन्धन गर्ने जस्ता विकृत अभ्यास नरोकिएको बताउनुभयो ।

आफूले सरकार सञ्चालन गरेयता आर्थिक समृद्धि र राष्ट्रियताका सन्दर्भमा प्रगति भएको, संविधान कार्यान्वयनमा गएको, पृथककतावादी र हिंसाको बाटोमा हिँडेकाहरु शान्तिपूर्ण राजनीतिमा आएका घटनाहरु यस कालखण्डको महत्वपूर्ण उपलब्धि भएको जनाउनुभयो ।

विकास र पूर्वाधारका क्षेत्रमा भएका प्रगति र हुँदै गरेका कामबारे प्रकाश पार्दै उहाँले समृद्धिसहितको न्याय र सामाजिक न्यायसहितको समृद्धिको नीतिका आधारमा आगामी आर्थिक वर्षको बजेट ल्याइने जानकारी दिनुभयो ।
कोभिड–१९ नियन्त्रणका लागि राज्यका सबै पक्ष परिचालित भएको र स्वास्थ्य सामग्रीका लागि सहयोग गरेकामा छिमेकी मुलुक र अन्य मित्रराष्ट्र तथा विदेशमा रहेका नेपाली श्रमिकलाई धन्यवाद दिनुभयो । उहाँले सबै नागरिकलाई खोपको प्रबन्ध गर्ने उद्घोष गर्दै महामारी नरोकिए आवश्यकतानुसार संकटकाल लगाउने तथा निजी अस्पतालमा पनि निःशुल्क उपचारको प्रबन्ध गरिने जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com