ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही हुन्छ : गृहमन्त्रालय


एबीसी / संवाददाता

काठमाडौं, १४ जेठ । गृहमन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारवाही हुने जनाएको छ ।कोभिड–१९ सङ्क्रमण महामारीका बीच संवेदनशिलताका साथ काममा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र तोडफोड आफैँमा गैरकानूनी र गैरजिम्मेवारपूर्ण कार्य भएको उल्लेख गर्दै मन्त्रालयले यस्ता कार्यमा संलग्न जो कोहीलाई तत्काल नियन्त्रणमा लिइ कानूनी कारवाही गर्ने कुरामा दृढ रहेको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी देशका विभिन्न अस्पतालमा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तबाट दुव्र्यवहार, अस्पताल भित्र तोडफोड र स्वास्थ्यकर्मीमाथि अनावश्यक दवाव आएको जानकारी प्राप्त भएकाले बिरामीको मृत्युको विषयलाई लिएर भएका यस्ता गतिविधिको निन्दा गरेको छ ।

मन्त्रालयले साझा शत्रुको रुपमा रहेको कोरोनाका बिरामीको उपचार, सङ्क्रमण नियन्त्रण तथा रोकथामको कार्यलाई थप प्रभावकारी बनाउने कार्यमा स्वास्थ्यकर्मीबाट निर्वाह भएको भूमिका र योगदानको मुक्त कण्ठले प्रशंसा गरेको छ ।यही जेठ १३ गते राति भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत बिरामीको मृत्युको घटनालाई लिएर उक्त वार्ड भित्रै छिरेर चिकित्सक र नर्समाथि भएको हातपात र भौतिक आक्रमणको सम्बन्धमा मन्त्रालयले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै निन्दा गरेको छ । यस्ता कार्य निषेधित फौजदारी कसुरजन्य कार्य भएकाले त्यस्ता व्यक्तिलाई कानूनी कारवाही गर्दै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा राज्यले गर्ने विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले उक्त घटनाको विषयमा छानविन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन भइ छानविनको काम भइरहेको जनाएको छ।

बाँकेलगायत सोलुखुम्बु, धनुषा, कास्की, तथा मोरङ जिल्लामा भएका यस्ता घटनामा सङ्लग्नउपर कानून बमोजिम कारवाही गरिसकिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्धारा जारी विज्ञप्तिमा भनिएको छ, “कोभिडका विबरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी माथि हुने यस प्रकारका घटना रोक्न, दोषीलाई कानुन बमोजिम कारवाही गर्न, स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान पुर्याउन तथा स्वास्थ्य संस्थामा भरपर्दो सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित जिल्ला प्रशासनलाई निर्देशन दिइसकेको छ ।” उपचारमा संलग्न स्वास्थ्यकर्मीको मनोबल बढाउने कुरामा मन्त्रालय गम्भिरताका साथ लागिरहेकाले स्वास्थ्यकर्मीलाई संयमित भएर उपचार कार्य जारी राख्न मन्त्रालयले अपिल गरेको छ । (((

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com