ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आठ वर्षमा पनि सङ्लिएन वाग्मती


एबीसी / संवाददाता

काठमाडौँ, ६ जेठ
प्रत्येक हप्ताको शनिबार निरन्तर वाग्मती सफाइ महाअभियान सञ्चालन हुन थालेको आठ वर्ष पूरा भए पनि नदीमा सफा पानी बग्न सकेको छैन ।

वाग्मती सफाइमा हुतराम वैद्य, भगवान्दास मानन्धर, विदुर पौडेलजस्ता व्यक्तिले यसअघि अभियान चलाउनुभएको थियो । तीनै अभियानकर्मीको निधन भइसकेको छ । उहाँहरुले शुरु गर्नुभएको जगमा विसं २०७० जेठ ५ गते पशुपतिको गुह्येश्वरी मन्दिर क्षेत्रबाट वाग्मती सफाइ महाअभियान शुरु गरिएको थियो ।

महाअभियान शुरु हुँदा शहरी विकास मन्त्रालयको सचिव रहनुभएका किशोर थापा आठ वर्षमा नदी किनारलाई हेर्नलायक बनाउन सकिए पनि पानी स्वच्छ बनाउन नसकिएको स्वीकार्नुहुन्छ । महाअभियान आठ वर्ष पूरा गरेको अवसरमा बुधबार बेलुकी जुम प्रविधिबाट आयोजित कार्यक्रममा उहाँले ५० हप्तामा गुह्येश्वरी क्षेत्रमा स्नान गरेपछि फेरि स्नान गर्ने अवसर वाग्मतीमा नजुटेको बताउनुभयो । अब टेकुमा स्नानयोग्य पानी बनाउन महाअभियानले सफाइ एवं सरोकार भएका सरकारी निकायलाई दबाब दिन हाल वाग्मती सफाइ अभियानकर्मीका रूपमा सक्रिय पूर्वसचिव थापाको प्रतिबद्धता छ ।

महाअभियान शुरु गर्नुअघि २०७० जेठ ४ गते दशरथ रङ्गशालामा जागरण फैलाउने उद्देश्यले जागरणमूलक फुटबल आयोजना गरिएको थियो । नागरिकस्तरबाट चलेको यो अभियानमा सरकारी संस्थाले पछाडिबाट सहयोग गरेका छन् । एक हजारभन्दा बढी संस्था सफाइ महाअभियानमा सहभागी भएका छन् । वाग्मतीबाट प्रेरणा लिएर देशभर १०० भन्दा बढी स्थानमा सफाइ भइरहेको छ । सफाइबाट हालसम्म २० हजार टनभन्दा बढी फोहर व्यवस्थापन गरिएको छ । फोहर काठमाडौँ महानगरपालिका र यस वरपरका नगरपालिकाले व्यवस्थापन गर्दै आएका छन् ।

सफाइका क्रममा वाग्मती किनारमा छ हजार बिरुवा रोपिएका छन् । सफाइ अभियानकर्मीको जन्मदिनका अवसरमा कार्यक्रम आयोजना नै गरेर वृक्षरोपण गर्ने गरिएको छ । वाग्मती किनारका सार्वजनिक जग्गाको सदुपयोग गर्न तीन दर्जन उद्यान बनेका छन् । उद्यान बनाउन विभिन्न सङ्घ संस्थाले योगदान गरेका छन् ।

चलचित्र सङ्घ, विज्ञापन सङ्घ, गायत्री परिवार, जीवन विज्ञान, हलेसी डेकोर, यस ट्राभल्सलगायत सङ्घ संस्था एवं कम्पनीले शुरुदेखि नै वाग्मती सफाइ महाअभियान सहयोग गर्दै आएका छन् । सफाइ महाअभियानले ल्याएको जागरणले फोहर फाल्ने क्रममा कमी आएको पूर्वसचिव थापा बताउनुहुन्छ । वाग्मतीबाट बालुवा चोर्ने क्रमलाई अझै नियन्त्रण गर्न नसकिएको उहाँले स्वीकार्नुभयो । “वाग्मतीको पानीलाई नुहाउन योग्य नभएसम्म महाअभियान रोकिन्न, वाग्मती किनारका अतिक्रमित जग्गा फिर्ता गर्न सकिएको छैन, नदी किनारका मानिसलाई सफाइमा सहभागी गराउन नसकेकाले अबको कार्यक्रम त्यसतर्फ केन्द्रित हुन्छ”, अभियानकर्मी थापाले भन्नुभयो ।

चक्रपथको २७ किमीमै सफाइ अभियान चलाउनु पनि अबको प्राथमिकतामा राख्न लागिएको महाअभियानले जनाएको छ । अभियानकर्मी राजकुमार भट्टराई ५०औँ हप्तामा गुह्येश्वरीमा तत्कालीन राष्ट्रपति डा रामवरण यादवलगायतले स्नान गर्नुभएको उल्लेख गर्दै अबका चरणमा पनि विभिन्न स्थानमा नुहाउन सक्ने गरी सफाइलाई अघि बढाइनुपर्ने बताउनुहुन्छ ।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधलाई जिम्मेवार बनाएर नदीलगायत सार्वजनिक स्थल सफा राख्न दबाबमूलक अभियान चलाउन पहिलो प्राथमिकता दिने योजना बनाइएको छ । ढल व्यवस्थापन छिटो गरेर नदीलाई स्वच्छ बनाउन पनि सरोकार भएका सरकारी निकायसँग समन्वय गरेर काम गरिने महाअभियानका मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौड्यालले बताउनुभयो । पुरातात्विक सम्पदाको संरक्षण गर्ने, भविष्यको नेपाल, सफा, सुन्दर स्वच्छ बनाउन सफाइ महाअभियानले देशव्यापी जागरण फैलाउने जनाएको छ ।

जुम कार्यक्रममा अभियानकर्मी प्रिया लामिछाने, मनोहरा संयोजक चन्द्र दङ्गाल, चक्रपथ सफाइ अभियानका संयोजक लोकबहादुर टण्डन, वाग्मतीको तिलगङ्गा संयोजक आशा पाण्डे, चक्रपथको दक्षिण–पश्चिम खण्ड संयोजक ताराबहादुर कुँवर, गुह्येश्वरीमाथिको वाग्मती खण्डका संयोजक उत्तम पुडासैनीलगायतले महाअभियान नवौँ वर्ष प्रवेशसँगै नयाँ गतिका साथ सफाइ अभियानलाई अघि बढाइने प्रतिबद्धता जनाउनुभयो ।

–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com