ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोटीमा कोरोना सङ्क्रमित खोज्न घरघरमा स्वास्थ्यकर्मी


एबीसी / संवाददाता

 

 

काठमाडौं, ६ जेठ  :

डोटीमा कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै जान थालेपछि यहाँका स्थानीय तहले स्थानीयका घरघरमा गएर सङ्क्रमितको खोजी गर्न थालेका छन् । यहाँका नौवटा स्थानीय तह दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, आदर्श गाउँपालिका, सायल, पूर्वीचौँकी, बोगटान फुड्सिल, केआइसिंह, बडिकेदार तथा जोरायल गाउँपालिकाले पछिल्लो समय आफ्ना वडामा रहेका नागरिकको घरैमा गएर कोरोना जाँच गर्न थालेका छन् ।

 

यहाँका स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले घरघरमा गएर बिरामीको एण्टिजेन परीक्षण गर्न थालेका बताइएको छ । जिल्लामा हालसम्म सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ५५२ पुगेको छ भने पाँच जनाको ज्यान गइसकेको छ । त्यसमा १७ जना मात्रै निको भएर घर फर्किएका छन् ।

 

पछिल्लो समय कोरोना महामारी समुदायस्तरमै फैलिन थालेपछि यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा गाउँगाउँमा स्वास्थ्यकर्मी गएर सङ्क्रमितको खोजी गर्न थालिएको जिल्ला अस्पतालका सुपरिटेण्डेन्ट कृष्णराज जोशीले बताउनुभयो । उहाँले भन्नभयो, “समुदायमा कोरोना सङ्क्रमण फैलिएको पाइएपछि हामीले स्थानीय तहका स्वास्थ्यकर्मीको सहयोगमा घरघर गएर सङ्क्रमितको खोजी गर्दै उपचार गर्न थालेका छौँ ।”

 

कोरोना सङ्क्रमिण्तको खोजीसँगै यहाँका स्थानीय तहका स्वास्थ्यकर्मीले आ–आफ्ना पालिका तथा वडामा स्वास्थ्य सेवालाई समेत प्रभावकारी बनाउन थालेका छन् । समुदायमा कोरोना सङ्क्रमणको अवस्था र जनताको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कोरोना परीक्षण, स्वास्थ्य सामग्री र औषधि वितरणजस्ता कार्यक्रमलाई अगाडि बढाएको जोरायल गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्दबहादुर विष्टले जानकारी दिनुभयो ।

 

यसैगरी शिखर नगरपालिकामा रहेको नगर स्वास्थ्यले पनि नगरपालिकामा रहेका स्वास्थ्य समस्या देखिएका २० जनाको आज एन्टिजेन परीक्षण गरेको छ । परीक्षणमा १९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने एक जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य संयोजक हरिश शाहले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमणले महामारीको रूप लिने अवस्था सिर्जना भएपछि यहाँका स्थानीय तहले गाउँमै आफ्ना स्वाथ्यकर्मी परिचालन गरी सबैको एन्टिजेनमार्फत कोरोना परीक्षण गर्ने कार्यलाई तीव्रता दिन थालिएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो ।

 

पछिल्लो समय यहाँका स्थानीय तहले परिचालन गरेका स्वास्थ्यकर्मीले भारतबाट रोजगारी गरी गाउँ आएर सङ्क्रमित भएकाको ट्राभल हिस्ट्रीसमेत खोजी गर्न थालेका छन् । कोरोना परीक्षण गर्ने एन्टिजेन कीट उपलब्ध भएपछि बल्ल यहाँका स्थानीय तह गाउँगाउँमा गएर कोरोना सङ्क्रमित खोज्न थालेको केआइसिंह गाउँपालिका–५ का शिक्षक चेतराज भट्टले बताउनुभयो ।

 

यहाँका गाउँघरमा स्वास्थ्य समस्या देखिएका बिरामी र भारतलगायतका अन्य मुलुकबाट आएका जोकोही व्यक्तिको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्ने गरी स्वास्थ्यकर्मी परिचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत सूर्य विष्टका अनुसार कोरोना परीक्षणबाट यहाँका गाउँ तथा समुदायमा कोरोना सङ्क्रमितको अवस्थाका बारेमा जानकारी हुने र सोहीअनुसार स्वास्थ्यका गतिविधिलाई अगाडि बढाउने स्वास्थ्य कार्यालयको योजना रहेको छ ।

 

 

–––

।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com