ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘भेन्टिलेटर ,एचडियू र आइसियूका शय्या चाहिए बिएण्डसी आउनू’


एबीसी / संवाददाता

काठमाडौँ, २ जेठ । कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उच्च छ । दक्ष स्वास्थ्यकर्मी , आधुनिक भौतिक पूर्वाधार र अत्याधुनिक उपकरणको विशिष्टीकृत सेवा अस्पतालमा रहेकाले जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको जिकिर गरिएको छ ।

अहिले अस्पतालमा प्रदेश नं १ र २ सहित ‘हवाई बेड लिफ्ट’ गरी काठमाडौँ, सोलुखुम्बु, ओखलढुङ्गा, पर्सा, चितवन , कास्की , बाँके, मुगु, डोटी र कैलालीलगायत जिल्लाका सङ्क्रमित उपचाररत छन् । महँगो ‘हवाई लिफ्ट’ गरी अस्पतालमा २२ जटिल सङ्क्रमितले सेवा लिइराखेका छन् । पछिल्लो समय काठमाडौँसहित विभिन्न जिल्लामा भेन्टिलेटर, सघन उपचार कक्ष ९आइसियू० तथा अक्सिजनका चरम अभाव हुन थालेपछि सङ्क्रमित बिएण्डसीमा उपचारार्थ जानेक्रम जारी छ ।

अहिले भर्ना भएका सङ्क्रमितका स्वास्थ्यावस्था सुधारोन्मुख, भेन्टिलेटर मुक्त र डिस्चार्ज हुनेक्रम जारी भएको अस्पतालले जनाएको छ । शनिबार मात्र जनता बैँकका पूर्वअध्यक्ष एवम् ग्लोबल बैँकका निर्देशक केशव रायमाझी र उहाँकी पत्नी पवित्रा ‘हवाई लिफ्ट’ गरी अस्पतालमा भर्ना हुनुभएको अस्पतालले जनाएको छ । बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईँद्वारा आज जारी विज्ञप्तिमा कोरोनालाई जितेर बिएण्डसीबाट घर फर्किने दर उच्च र जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ “अस्पतालमा कोरोनाका सङ्क्रमितका लागि अतिआवश्यक पर्ने भेन्टिलेटर , ,एचडियू, आइसियू तथा अक्सिजनको हालसम्म अभाव छैन । बिरामीका जीवन बचाँउने ती सामग्रीको आवश्यक व्यवस्था मिलाएका छौँ । ” अस्पतालले सङ्क्रमितलाई उपचार गर्न हाल २०० श्यया सञ्चालनमा ल्याएको छ । ‘हवाई लिफ्ट’ गरी सङ्क्रमित धमाधम बिएण्डसी आउनेक्रम जारी रहेपछि अस्पतालले विशेष कोभिड श्यया थपेको थियो । आवश्यकता परेमा श्यया थपिने र आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा आउन अन्तीम तयारी भइरहेका विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा मौज्दात रहेका ६५ भेन्टिलेटर सहित आइसियू मध्ये गम्भीर सङ्क्रमितका लागि छुट्याइएको र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेको उल्लेख छ ।

अहिले पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पतालमा गरी कूल ९०० श्यया छ । “ महामारीसँग जुध्न ’¥यापिड रेस्पोन्स टिम’ सक्रिय छ । अस्पताल आउने सङ्क्रमित वृद्धि भएमा आवश्यक प¥यो भने सबै श्यया उपचारमा लगाउन सकिन्छ । यसका लागि राज्यले सहजीकरण गर्नुपर्छ । उपचारको अभावमा बिरामीले अकालमा मृत्युवरण गर्न नपारोस् भन्ने नै अस्पतालको ध्येय रहेको छ । ”कार्यकारी निर्देशक प्रसाईँले भन्नुभयो ।
विशेष गरी कोभिडका बिरामीलाई क्रिटिकल केयर र एनेस्थेसियाका वरिष्ठ चिकित्सक राजिव श्रेष्ठ, फिजिसियन चिकित्सकद्वय लक्ष्मण ठाकुर र करुण पोखरेल तथा अर्थोका इन्साक खाँन लगायतले सेवा प्रदान गरिरहनुभएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य सङ्कटकाल घोषणा गर्न माग

विज्ञप्तिमा कार्यकारी निर्देशक प्रसाईँले स्वास्थ्य स्वास्थ्य सङ्कटकाल घोषणा गरी जनताको जीवन रक्षा गर्न सरकारसँग माग गर्नुभएको छ । उहाँले यसका साथै बिदामा रहेका र सरकारी सेवाबाट अवकाश लिएका चिकित्सक अन्य स्वास्थ्यकर्मीलाई महामारी नियन्त्रणमा जुट्न आह्वान गर्नुभएको छ । विज्ञप्तिमा भनिएको छ “देशव्यापि स्वास्थ्य सङ्कटकाल घोषणा गरी जनताको जीवन रक्षा गर्न अब सरकारले ढिलाइ गर्नु हुँदैन । महामारी नियन्त्रणमा सबै पक्ष एकजुट हुनु आजको आवश्यकता हो ”

कार्यकारी निर्देशक प्रसाईँले सङ्क्रमितका उपचारमा बिएण्डसीले आफ्नो उपलब्ध स्रोत साधनले भ्याएसम्म उच्च प्राथमिताका साथ भगीरथ प्रयास गरिरहेको र राज्यलाई आवश्यक परेमा अस्पताल नै प्रदान गर्ने अ तयार रहेको विज्ञप्तिमा जनाउनुभएको छ । उहाँले भन्नुभएको छ ,“विपद्का समयमा राज्यले के दियो र के ग¥यो भन्दा पनि राज्यलाई के सहयोग गर्न सकिन्छ मुख्य कुरा हो , यस्तो अवस्थामा म टुलुटुलु हेरेर बस्न सक्दिन , आफूसँग भएका स्रोत र साधन प्रदान गर्न तयार छु ।” अस्पतालमा दैनिक एक हजार ३०० भन्दाबढी बिरामीले अन्तरङ्ग तथा बहिरङ्ग सेवा, ३० देखि ४० शल्यक्रिया, ६०/७० सङ्ख्यामा सिटिस्क्यान तथा ४० भन्दाबढी एमआरआई हुने गर्दछ ।

पूर्वक्षेत्रबाट उपचारका लागि भारत तथा काठमाडौँ आउनुपर्ने अवस्था लगभग अन्त्य भई ती दुवै अस्पताल ‘रिफरल हस्पिटल’ बनेको छ । अस्पतालले पछिल्लो समय मुटु तथा मिर्गौला प्रत्यारोपणको तयारी गर्दैछ । कार्यकारी निर्देशक प्रसाईँले भन्नुभयो “हामी एमबिबिएस तहमा ३०० विद्यार्थी पठनपाठन गराउने क्षमतामा राख्छौँ । भविष्यमा विशिष्टिकृत अध्ययन एमडी÷एमएससमेत अध्यापन गराउन सक्छौँ । हामी तयारीमा जुटिरहेका छौँ ।” ती अध्यापनका लागि कलेज सम्बन्धन पखाइमा छ । स्वीकृति पाउने वित्तिकै एकहजार ५०० स्थानीयबासीले रोजगारी र सरकारले रु ५० करोड भन्दा वार्षिक राजश्व पाउने जनाइएको छ ।–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com