ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म ओलीजीलाई ‘कन्भिन्स’ गर्छु, तपाईं ‘ब्याक’ हुनुस् – नेता पौडेलले


एबीसी / संवाददाता
बैशाख ३०, २०७८ बिहीबार  १० : ४० बजे

काठमाडौं, ३० बैशाख । एकाबिहानै प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दुत बनेर वरिष्ठ नेता माधव नेपाललाई फकाउन उहाँकै निवासमा जानुभएका विष्णु पौडेल बालुवाटार फर्किनु भएको छ । नेपालसँग केहि समय छलफल गरेर पौडेल बालुवाटारको स्थायी कमिटि बैठकमा फर्किनु भएको हो ।

प्रधानमन्त्री ओलीले लगातार फोन सम्पर्क गर्न खोज्दा पनि सम्पर्कमा नआएका नेता नेपालमाथिको कारबाही फिर्ता लिएर भएपनि राजिनामाबाट रोक्ने रणनीतिमा ओली पुगेको एक स्रोतले जनाएको कछ । नेपाल समुहले राजिनामा दिएको खण्डमा वैकल्पिक सरकार बन्ने पक्का जस्तै छ । तर सत्ता जोगाउनका लागि ओलीले आफैले गरेको कारबाही पनि फिर्ता लिने तयारी गर्नुभएको हो । सोहि योजना अनुरुप बिहानै नेपाल निवासमा पुगेका अर्थमन्त्री पौडेलले राजिनामा नदिन आग्रह गनुभएको थियो । जवाफमा नेपालले ओलीकै कारणले यस्तो सम्भावना टरेको बताएको स्रोतले दाबी गरेको छ । छलफलमा पौडेलले नेता नेपाल ब्याक भएको खण्डमा कारबाही फिर्ता लिन ओलीलाई कन्भिन्स गर्ने समेत बताउनुभएको एक स्रोतले भन्यो । विष्णु पौडेलको प्रस्तावमा त्यति चासो नदिएका नेता नेपालले कारबाही रोक्ने मात्रै आफ्नो आन्दोलनको उद्देश्य नरहेको भन्दै पार्टी एकतापूर्वको अवस्थामा फर्कनुपर्ने आफ्नो बटमलाईन भएको बताउनुभएको थियो । उहाँले आफ्नो संघर्ष बिधि र पद्दतिको भएकाले ओलीका आस्वासनमा भुल्न नसक्ने बताएका थिए । नेपाल निवास कोटेश्वरमा नेपाल संग भएको संवाद बालुटारमा बसेको स्थायि कमिटी बैठकमा ब्रिफिङ गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

सम्बन्धित

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

ट्रम्पको कडा चेतावनी: होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पार्नेछौं !

इरानले झुक्न मानेन : इजरायलको दक्षिणी क्षेत्रमा बलिस्टिक मिसाइल प्रहार,४० भन्दा बढी घाइते

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com