काठमाडौं, ३० बैशाख । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाउनुभएको छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सकिन लाग्दा प्रधानमन्त्री ओलीले बैठक बोलाउनुभए हो ।
एक स्थायी कमिटी सदस्यका अनुसार ओलीले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाउनुभएको हो । विपक्षी गठबन्धनले नयाँ सरकार बनाउन कसरत गरिरहेको र एमालेमा नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरूले सामूहिक राजीनामा दिने भनिरहेका बेला ओलीले स्थायी कमिटी बैठक राख्नुभएको हो । यसअघि वैशाख २७ गते प्रतिनिधि सभामा भएको मतदानमा प्रधानमन्त्री ओलीले विश्वासको मत पाएका थिएनन्। विश्वासको मत गुमाएपछि उनी स्वत पदमुक्त भएका थिए।त्यसपछि राष्ट्रपति भण्डारीले दलहरूलाई मिलेर बहुमतको सरकार बनाउन आज साँझ ९ बजेसम्मको समय दिनुभएको छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज साँझ ९ बजेसम्म संसदमा आफूहरूको बहुमत रहेको दाबी राष्ट्रपति समक्ष पेस गर्न नसेको संविधानको धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्।








प्रतिक्रिया दिनुहोस्