ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुशासन, शान्ति सुव्यवस्था र राष्ट्रिय समस्याको समाधान समाधान गर्ने दिशामा सरकार अघि बढेको छः प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
बैशाख २७, २०७८ सोमबार  ४ : २८ बजे

काठमाडौं, २७ बैशाख ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यकालमा भएको उपलिब्धलाई मूल्याङ्कन गर्दै सबै दलका सम्पूर्ण सांसदलाई सर्वसम्मतरुपमा विश्वास मत दिन आग्रह गर्नुभएको छ । संघीय संसद्को प्रतिनिधिसभाको आफूप्रति विश्वास छ भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलसँग विश्वासको मत माग्नुभएको हो ।

“सबै दलका सबै सांसदहरुसँग म विश्वासको मत दिन आग्रह गर्दछुु”,प्रधानमन्त्री ओलीले भन्नुभयो,“मलाई सर्वसम्मतरुपमा विश्वास दिनुहुनेछ भन्ने विश्वास लिएको छु ।”
प्रधानमन्त्री ओलीले आफू तीन वर्षदेखि सदनकै बलमा उभिएको उल्लेख गर्दै भन्नुभयो, “तीन वर्षमा देशमा धेरै उपलब्धिहरु हासिल भएका छन्, हुन्न भन्ने पक्षमा कसरी मतदान गर्न सक्नुहुन्छ रु मेरो कसैप्रति आग्रह र पूर्वाग्रह छैन ।” प्रतिनिधिसभा पुनःस्थापनापछि पनि आफूलाई संसद्ले विश्वास गरेको स्मरण गर्दै उहाँले पार्टी अलग हुँदासमेत विश्वासको मत फिर्ता नलिई बलियो समर्थन गरिएको बताउनुभयो ।

“यति धेरै उपलब्धि हासिल गरेको सरकारलाई विश्वास नगर्नुपर्ने काम नै हुँदैन”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “सुशासन, शान्ति सुव्यवस्था, राष्ट्रिय समस्याहरुको समाधान समाधान गर्ने दिशामा सरकार अघि बढेको छ, सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण छैन र हुन पनि सक्दैन ।”

वर्तमान समया कोभिड–१९बाट नागरिकलाई बचाउनका लािग सरकार लागिरहेको समेत स्पष्ट पार्नुभयो । उहाँले त्यसका लागि धेरै प्रयास भइरहेको र कोभिडलाई सहज पराजित गर्नका लागि दूरी कायम गरी बस्नसमेत आग्रह गर्नुभयो । “यो समय नागरिकलाई बचाउने समय हो, त्यस अभियानमा सबै जना लागौंँ”, प्रधानमन्त्री ओलीले आग्रह गर्दै भन्नुभयो, “कोभिड नियन्त्रणको अभियानमा हामी फेरि पनि लागौंँ, सरकार कसको आउला, कसको बन्ला त्यो अलग कुरा हो ।”
‘समृद्ध नेपाल ः सुखी नेपाली’ को आकाङ्क्षा पूरा गर्न नेपालका सबै क्षेत्रको विकास र स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार लागिरहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । त्यसका लागि युवा स्वरोजगार र महिला उत्थान कार्यक्रम बनाइएको उहाँले बताउनुभयो । उहाँले सरकार सडक बालबालिकामुक्त देश बनाउने बनाउने अभियानमा लागिरहेको र स्वास्थ्य बीमा कार्यक्रममा धेरै जनसंख्यालाई सहभागी गराउने दूरगामी कामसमेत गर्दै आएको स्पष्ट पार्नुभयो ।

“शारीरिक अशक्त व्यक्तिलाई पनि सामाजिक सुरक्षाको दायरामा ल्याएका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “कोही छैन भनेर चिन्ता लिनु पर्दैन, सरकारले हेर्छ, सरकार अभिभावक हो, कोही अभिभावक छैन भने पनि सरकार छ ।”
भूकम्पपछिको पुनःनिर्माण गर्ने काममा तीव्रता दिइएको जनाउँदै उहाँले धरहरा, दरबार हाइस्कूल, वसन्तपुर दरबार, सिंहदरबारको पुनःनिर्माण, अस्पताल, पुरातात्त्विक महत्त्वका संरचनाको पुनःनिर्माण असाधारण तरिकाले भएको र मेलम्ची खानेपानी काठमाडौँ उपत्यकामा आएको सुनाउनुभयो ।

“दैनिक छ किलोमिटर सडक बनी कालोपत्रे भएको छ, त्यसमा सरकारले निरन्तरता दिएको छ”, उहाँले थप्नुभयो, “ धेरै विकासका अयोजना बन्दै गएको छ र १२ वटा नयाँ सिटी बन्दै छन् ।” उहाँले उद्योगलाई सुरक्षा र संरक्षण, व्यापार सन्तुलन, सामाजिक पूर्वाधार विकास, बालबालिका हित, उच्च शिक्षालाई अनुसन्धानको केन्द्र बनाउने र आधुनिक र प्रतिस्पर्धी शिक्षा बनाउन सरकारले ध्यान दिएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले औचित्यपूर्ण ढंगले संविधानमा संशोधन गर्न सकिने जनाउँदै भन्नुभयो, “संविधान औचित्य र आवश्यकताका आधारमा संशोधन हुन सक्छ, अब कसैले विखण्डन र विभाजनको राजनीति रोज्दैन, देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डताका विषयमा अब कुनै विवाद छैन ।”

राजनीतिक उद्देश्य प्राप्ति र माग तथा आकाङ्क्षा पूरा गर्नका लागि हिंसालाई माध्यम बनाउनुपर्छ भन्ने सोचको अन्त्य भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले हिंसाको विचार मार्ग परित्याग गराएर शान्तिपूर्ण राजनीतिमा सरकारले ल्याएको र ती ऐतिहासिक र ठूलो उपलब्धि भएको बताउनुभयो ।उहाँले भौतिक पूर्वाधारका क्षेत्रका विकास जस्तै नेपाललाई सुरुङ मार्गको नयाँ युगमा पु¥याउने तथा हवाई मार्ग, सञ्चारका क्षेत्रमा धेरै काम भइरहेको समेत जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

सम्बन्धित

विश्वले अमेरिका–इजरायल–इरान युद्धलाई कसरी हेरिरहेको छ ? विशेषज्ञहरूको प्रतिक्रिया

पाल्पामा टिपर दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ४ पुग्यो

पाल्पामा टिपर दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक गम्भीर घाइते

ट्रम्पको कडा चेतावनी: होर्मुज स्ट्रेट ४८ घण्टाभित्र नखोले इरानका पावर प्लान्टहरू ध्वस्त पार्नेछौं !

इरानले झुक्न मानेन : इजरायलको दक्षिणी क्षेत्रमा बलिस्टिक मिसाइल प्रहार,४० भन्दा बढी घाइते

ट्रम्प, सी र सामरिक शान्तिको पक्षमा: फरेन अफेयर्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com