ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्ताङमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन आग्रह


एबीसी / संवाददाता
बैशाख २०, २०७८ सोमबार  १ : ४५ बजे

२० वैशाख :
सङ्क्रमणको जोखिम बढेपछि हिमाल पारीको जिल्ला मुस्ताङका सरकारी कार्यालय धमाधम बन्द हुन थालेकाछन् । कर्मचारीमा कोरोना सङक्रमण पुष्टि भएपछि सो जिल्लाका जलश्रोत तथा सिँचाइ सव डिभिजन र खानेपानी तथा सरसफाई सव डिभिजन कार्यालय आजदेखि बन्द भएका हुन् ।

सिँचाइ सव डिभिजन कार्यालयमा कार्यरत दुई कर्मचारीमा केही दिन पहिला कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको कार्यालयले जनाएका छन् । कोरोना जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालयको नियमित सेवा पनि मंगलबारदेखि बन्द गर्ने भएको छ ।

जोखिम कम गर्न अत्यावश्यक बाहेकका सेवा बन्द गर्न लागिएको प्रशासनले जनाएको छ । प्रशासनका सेवा बन्द गरेको बिषयमा जानकारी गराएको प्रशासनले कहिले सम्म बन्द रहने भन्ने बिषयमा भने जानकारी गराएको छैन् । आइतबार जिप्रकाले प्रकाशित गरेको सूचनामा कोरोनाको दोश्रो लहर मुस्ताङमा समेत फैलिन थालेको जनाउदै अर्को सूचना जारी नभएसम्म अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द गरिएको जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालद्वारा जारी सूचनामा कोभिड—१९ को बढ्दो सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्थित कार्यालय र पसल लगायतका सार्वजनिक स्थलमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सर्वसाधरणमा अपिल गरेको छ । –––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

डिजेल र मट्टितेलको मूल्य बढ्यो

बालेन शाहको राजनीतिक उदय: र्‍यापरदेखि प्रधानमन्त्री उम्मेदवारसम्मको यात्रा

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com