ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीमा आठ कोरोना सङ्क्रमितको मृत्यु


एबीसी / संवाददाता

काठमाडौं, १७ बैशाख ।  कोभिड–१९ को सङ्क्रमणबाट कर्णालीमा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा निर्देशनालयले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो २४ घण्टामा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।

मृत्यु हुनेमा पञ्चपुरी नगरपालिका–५ सुर्खेतका ६३, वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका ४५, वडा नं। ८ का ६३, वडा नं। ११ का ५३ र १२ नं। वडाका ४० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिनुभयो ।

त्यस्तै सिद्धकुमाख गाउँपालिका–२ सल्यानका ४२, मुसिकोट नगरपालिका–४ रुकुमपश्चिमका ६० वर्षीय पुरुष र नारायण नगरपालिका–६ दैलेखका २७ वर्षीया महिलाको मृत्यु भएको निमित्त निर्देशक डा खड्काले बताउनुभयो । मृत्यु भएका सुर्खेतका तीन व्यक्तिमा आरटी पिसीआर र बाँकी अन्य जिल्लाका पाँच जनामा एन्टिजेन पोजेटिभ देखिएको उहाँले जनाउनुभयो ।

निर्देशनालयका अनुसार प्रदेश अस्पतालमा चार, सल्यान जिल्ला अस्पताल, रुकुमपश्चिम र दैलख जिल्ला अस्पतालमा एक÷एकको मृत्यु भएको हो । कर्णालीमा एकै दिन आठ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको भने यो पहिलो घटना हो । मृतक सबैको जनस्वास्थ्य सेवा कार्यालयको समन्वयमा नेपाली सेनाले शव व्यवस्था गरिरहेको बताइएको छ ।

आज थपिएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको छ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा आरटी पिसीआर परीक्षणमा १०८ र एन्टिजेन परीक्षणबाट १४३ गरी कूल २५३ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै कर्णालीमा आरटी पिसीआर परीक्षणबाट कोरोना सङ्क्रमित हुनेको सङ्ख्या आठ हजार ५६७ र एन्टिजेन परीक्षणबाट ७८० जना पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

भारतबाट ल्याइरहेको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते, अस्थायी बिट ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com