ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालले पनि भारतको जस्तै मोड लिँदै : आज विहानमात्र ९ जना संक्रमितको मृत्यु


एबीसी / संवाददाता
बैशाख १६, २०७८ बिहीबार  ९ : ५५ बजे

काठमाडौँ,१६ बैशाख । विहिवार विहान उपचारको विभिन्न अस्पतालमा रहेका ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ। तीमध्ये तीन जनाको एक घन्टाको अन्तरालमा मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका(४ का ६० वर्षीय पुरुष र कोहलपुर नगरपालिका–११ की ४३ वर्षीया महिलाको एकै समयमा मृत्यु भएको छ।

६० वर्षीय पुरुषको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्ज र ४३ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो।
त्यस्तै नेपालगञ्ज–९ का ४२ वर्षीय पुरूषको १० बजे राति, बर्दियाको बढैयाताल गाउँपालिका –८ का ३२ वर्षीय पुरूषको बिहीबार बिहान साढे १ बजे भेरी अस्पतालमा मृत्यु भएको छ। त्यस्तै नेपालगञ्ज–५ का ५५ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ। फोकल पर्सन वलीका अनुसार उनको मृत्यु बिहीबार बिहान साढे ५ बजेतिर भएको थियो। योसहित बाँके जिल्लाका मात्रै १०६ जना र बाँके जिल्ला बाहिरका थप १०९ जना कोरोना संक्रमितको हालसम्म मृत्यु भएको छ भने रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप तीन संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला छन् । कोरोना पुष्टि भएपछि वैशाख ११ गते अस्पताल भर्ना भएका बुटवल उपमहानगरपालिका–११ का ३१ वर्षीय पुरुषको बिहीबार बिहान साढे २ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिनुभयो । त्यस्तै, गत वैशाख ९ गते भर्ना भएका बुटवल–१४ का ६६ वर्षीय पुरुषको बिहान २ बजेर ४५ मिनेटमा मृत्यु भएको उहाँले जानकारी दिनुभयो। जिल्लाको मायादेवी गाउँपालिका–६ की ७२ वर्षीया महिलाको बिहान ३ बजे मृत्यु भएको छ । उनलाई वैशाख ११ गते अस्पताल भर्ना गरिएको थियो । तीन जना बिरामी कोभिड आईसीयूमा उपचाररत रहेको र श्वासप्रश्वासमा समस्या भएपछि मृत्यु भएको डा।गौतमले जानकारी दिनुभयो । कैलालीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । बैशाख १४ गते सेती अस्पताल भर्ना भएकी महिलाको बुधवार राति मृत्यु भएका अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो । दोस्रो लहरको कोरोनापछि सेती अस्पतालमा उपचाररत ९ संक्रमितको मृत्यु भइसकेको छ भने हाल सम्म ४१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

कोेरोना भाइरस संक्रमणको दोस्रो लहर तीव्र गतिमा मुलुकभर फैलिँदै गएको छ। गत साताको तुलना यो साता २ सय २८ प्रतिशतले संक्रमित बढेका छन्। जसका कारण मुलुकभरका अस्पताल भरिएका छन्। सघन उपचार कक्ष (आईसीयू), भेन्टिलेटर र अक्सिजन अभावले समस्या झन् जटिल बन्ने विज्ञ बताउँछन्। संक्रामक रोग विशेषज्ञ डा। अर्चना श्रेष्ठले नेपालमा एक जना संक्रमितले दुई व्यक्तिलाई संक्रमण सारिरहेको बताउनुभयो। उहाँका अनुसार संक्रमणदर हेर्ने हो भने विभिन्न मुलुकमध्ये नेपालको उच्च छ। ‘गत वर्ष भारतभन्दा नेपालमा संक्रमण एक महिना पछाडि थियो। यो वर्ष नेपालले पनि भारतको जस्तै मोड लिँदै छ’, डा. श्रेष्ठले भनिन्, ‘भारतभन्दा नेपालमा संक्रमणदर धेरै बढेको छ। पोजेटिभ दर बढ्दै जाँदा समुदायमा संक्रमण छिटो फैलिरहेको बुझ्न सकिन्छ। मृत्युको संख्या पनि बढेको छ। यही दरमा बढ्दै गए एक वर्षमा देखेको संक्रमितको संख्या अबको तीन महिनाभित्रमा नै देख्नेछौँ।’ पछिल्लो २४ घण्टामा ४८ सय ९७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट यो मात्रामा संक्रमण पुष्टि भएको हो।र हेर्ने हो भने विभिन्न मुलुकमध्ये नेपालको उच्च छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com