ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टीकापुर र सेती अस्पतालद्वारा आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द : आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा


एबीसी / संवाददाता

काठमाडौँ,१६ बैशाख । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि टीकापुर र सेती प्रादेशिक अस्पतालले बुधबार सूचना जारी गर्दै आकस्मिक सेवा, प्रसूति सेवा, अत्यावश्यक खोप सेवा, एआरटी सेवा, क्षय तथा कुष्ठ रोग सेवाबाहेकका सम्पूर्ण बहिरङ्ग सेवा बन्द गरिएको जनाएका छन् ।

अस्पतालबाट प्रदान गरिँदै आएका बहिरङ्ग सेवा आजदेखि अर्को सूचना नहुँदासम्मका लागि बन्द गरिएका छन् । “कोरोना दिनानु दिन बढिरहेकाले अत्यावश्यक अवस्थामा बाहेक अस्पतालमा नआउनसमेत नागरिकलाई अनुरोध गरेका छौँ”, टीकापुर अस्पतालका डा रमेशप्रसाद उपाध्यायले भन्नुभयो, “कोरोना सङ्क्रमणका बिरामीलाई धान्न सक्ने अवस्था छैन । अब अस्पतालमा अन्य बिरामीको भीड गर्न थप जोखिम भएको छ । अस्पतालले विगतजस्तो निरन्तर सेवा दिन सक्ने अवस्था छैन ।”

उहाँले अस्पतालमा दैनिक १५ जना बढी कोरोनाको लक्षणका बिरामी आउन थालेकाले अस्पतालमा थप जोखिम बढेको बताउनुभयो । “हामीले समस्या भएमा बिरामीले फोनबाट परामर्श लिनसक्ने व्यवस्थाका लागि चिकित्सकहरूको मोबाइल नम्बर बाँडेका छौँ । सामान्य समस्या भएकालाई टेलिफोनमै परामर्श लिन भनेका छौँ”, उहाँले भन्नुभयो, “यस्तो विपत्तिमा नागरिकलाई खानपानमा ध्यान दिन, सुरक्षित रहन आग्रह गर्ने हो । श्वासप्रश्वासमा समस्या भए यहाँ अक्सिजन पाउन मुश्किल छ ।”

टीकापुर अस्पतालले १५ शय्याको अक्सिजनसहितको कक्षसमेत सञ्चालन गरेको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि धनगढीस्थित सेती प्रादेशिक अस्पतालले समेत आकस्मिकबाहेक बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवा स्थगित गरेको छ । बुधबार अस्पतालले सूचना जारी गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको निर्देशनानुसार आजदेखि बहिरङ्ग र इलेक्टिभ सर्जरी सेवा बन्द गरेको जनाएको छ । साथै अस्पतालले उक्त अवधिमा अस्पतालमा कार्यरत चिकित्सक लिनसक्ने गरी सम्पर्क नम्बरहरु उपलब्ध गराएको छ ।

सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या १५ हजार ४७५ पुग्यो

सुदूरपश्चिममा दैनिक सयौँ कोरोना सङ्क्रमित थपिन थालेका छन् । सुदूरपश्चिममा बुधबार २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा ४७१ नमूना परीक्षण गर्दा २८९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले बताउनुभयो ।

“सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ३७४ जनाको नमूना परीक्षण गर्दा २२७ मा सङ्क्रमण पुष्टि भएको छ”, प्रवक्ता कार्कीले भन्नुभयो, “डडेल्धुरा अस्पतालमा २७ जनाको परीक्षण गर्दा १४, डोटी अस्पतालमा २९ जनाको नमूना परीक्षण गर्दा १४ र महाकाली अस्पतालमा ४१ जनाको नमूना परीक्षण गर्दा ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।”

सुदूरपश्चिममा कूल सङ्क्रमितको सङ्ख्या १५ हजार ४७५ पुगेको छ भने सङ्क्रमण पुष्टि भएका मध्ये १४ हजार २३३ जनाले कोरोना जितेका छन् । दोस्रो लहर फैलिएपछि कैलाली जिल्लामा मात्रै एक हजारभन्दा बढी सङ्क्रमित पुगेका छन् । सेती अस्पतालमा सङ्क्रमित बिरामी भरिभराउ छन् । बिरामीहरु अक्सिजन नपाएर छटपटाइरहेको अवस्था छ ।

आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा

कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न आजदेखि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा लागू भएको छ । आजदेखि एक हप्ताका लागि कैलाली र कञ्चनपुरमा निषेधाज्ञा जारी गरिएको हो । कैलाली र कञ्चनपुरमा फैलिरहेको सङ्क्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताउनुभयो ।
निषेधाज्ञाको समयमा अत्यावश्यकबाहेक सबै सवारी साधन बन्द रहनेछन् । “अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेका सवारी साधन, दुग्धजन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन हुनेछन्”, सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले भन्नुभयो, “खाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्रीका पसल खुला रहनेछन् । खाद्य सामग्रीका पसलहरु बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्रै खोल्न पाइने व्यवस्था गरेका छौँ ।”

सबै प्रकारका सभा सम्मेलन, गोष्ठी तथा भिडभाड हुने स्थान बन्द गर्न आग्रह गरिएको छ । विवाह व्रतबन्धको हकमा जिल्ला प्रशासनबाट पूर्व स्वीकृति लिएर स्वास्थ्य मापदण्ड पालना गरी बढीमा १५ जनासम्म मात्रै भेला हुन पाउने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

स्तनपानका फाइदाहरू शिशुहरूमा मात्र होइन, क्यान्सर उपाचारमा उपयोगी

बीएमआईको सट्टा एक नयाँ विकल्प  शरीर गोलाई सूचकांक (BRI)

ओमान नामिबियासँग १०९ रनमै अलआउट

कोरोनाको नयाँ भेरियन्टबाट कसरी जोगिने ? विज्ञ के भन्छन् ?

वीर अस्पतालमा ७ सय शय्या निःशुल्क गर्ने सरकारको निर्णय

भारतबाट ल्याइरहेको सामान जाँच गर्दा प्रहरीमाथि आक्रमण, ४ जना घाइते, अस्थायी बिट ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com