ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आजदेखि उपत्यकामा निषेधाज्ञा


एबीसी / संवाददाता
बैशाख १६, २०७८ बिहीबार  ७ : ०३ बजे

काठमाडौं, १६ बैशाख ।कोरोना महामारी नियन्त्रण गर्न काठमाडौँ उपत्यकामा बिहीबार बिहान ६ः०० बजेदेखि दुई साताका लागि निषेधाज्ञा जारी गरिएको छ । मन्त्रिपरिषद्को निर्णयले १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय भएको र उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीसहित स्थानीय सुरक्षा निकाय प्रमुखकोे बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेसँगै बिहीबारबाट उक्त आदेश लागू भएको हो । सर्वसाधारणले गर्न हुने र गर्न नहुने काम तथा गतिविधि किटान गरिएकाले निषेधाज्ञा कफ्र्युभन्दा धेरै नरम व्यवस्था हो । केही दिनअघि गरिएको निर्णयमा केही बुँदा परिमार्जन गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौँले बिहीबारदेखि गर्न लागेको निषेधाज्ञाका लागि थप आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मङ्गलबार जारी गर्नुभएको थप आदेशमा विवाहका लागि प्रयोग गरिने सवारीसाधनका लागि पास नचाहिने बुँदा थप गरिएको छ । सवारीमा दुलहा–दुलही पनि हुनुपर्ने र १५ जनासम्म जन्ती जान पास चाहिने छैन । पार्टी प्यालेस सञ्चालन गर्नुपर्ने भए जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ । बैङ्क तथा वित्तीय संस्था, बीमा एवं नेपाल राष्ट्र बैङ्कबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारीसाधन सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा सञ्चालन हुन पाउने छन् ।

वैशाख १६ गते बिहान ६ बजेदेखि अत्यावश्यकबाहेकका सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा (बढीमा दुई जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्यलाई काठमाडौँ जिल्ला प्रवेशमै रोक लगाउने भनिएको छ ।

अन्तर्राष्ट्रिय उडानहरू बन्द हुने छैन । अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुहरूको हकमा हवाई टिकट, राहदानी, भिसा हुनेहरूलाई सीधै विमानस्थल जाने सवारीसाधनका हकमा सहजीकरण गर्न सकिने कुरा उल्लेख छ ।
यसैगरी सरकारी कार्यालयलगायत सार्वजनिक सेवा प्रदायक संस्थाको हकमा सम्बन्धित मन्त्रालय वा विभागको अनुमति लिई सवारीसाधन प्रयोग गर्न पाइनेछ । अन्य व्यवसायका हकमा अत्यावश्यक सेवाहरू जस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, बैङ्क, वित्तीय संस्था, दूरसञ्चार, इन्टरनेट क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापनलगायतका साधन सञ्चालन गर्न पाइनेछ । यीबाहेक भीडभाड हुने खालका व्यवसाय कुनै पनि सञ्चालन गर्न पाइने छैन ।

सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने खाद्य सामग्री खरिद गर्न बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्ने गरी सञ्चालन गर्न दिने भनिएको छ । नेपाल सरकारका कर्मचारी, बैङ्क तथा वित्तीय संस्था र अन्य अत्यावश्यक सेवामा कार्यरत कर्मचारीले कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने छन् ।

सञ्चारकर्मी तथा पत्रकारले पनि सम्बन्धित संस्थाले जारी गरेको प्रेस पासका आधारमा आवतजावत गर्न सक्ने भनिएको छ । काठमाडौँ उपत्यकामा प्रवेश गर्ने व्यक्तिले अनिवार्य रूपमा स्थानीय तहले तोकेको क्वारेन्टाइन वा होम आइसोलेसनमा बस्नुपर्नेछ । अत्यावश्यक बाहेकका अन्य सार्वजनिक सेवा प्रवाह हाललाई स्थगित गर्ने प्रजिअको आदेशमा उल्लेख छ ।

यसैबीच निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्दै व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले द्रुत अनुगमन टोली गठन गरेको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुलगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न विभिन्न निकायका पाँच जना व्यक्तिलाई सम्पर्क अधिकारी तोकेको छ ।

अन्तरमन्त्रालय तथा मन्त्रालयकै कर्मचारीहरूलाई समेटेर टोली गठन गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन लागेको मन्त्रालयले जनाएको छ । टोलीमा आपूर्ति व्यवस्थापनका लागि प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिका विषयमा डा. श्रीराम घिमिरे, उत्पादनशील उद्योगका लागि नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा. नारायणप्रसाद रेग्मीलाई जिम्मेवारी तोकिएको छ ।

सञ्चालन हुने सेवाहरू

एम्बुलेन्स, शववाहन, दमकल ।
सुरक्षा निकायका सवारीसाधन ।
अत्यावश्यक सामग्री बोकेका ढुवानीका साधन ।
फोहोरमैला व्यवस्थापनको सवारीसाधन ।
अनुमति लिएका सवारीसाधन ।
विदेश जानेलाई विमानस्थलसम्म लैजाने सवारीसाधन ।
खाद्यान्न पसल (बिहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म) ।
सरकारी, बैङ्क, वित्तीय संस्था तथा अत्यावश्यक सेवाका कर्मचारी ।
पत्रकार, स्वास्थ्यकर्मी परिचयपत्रको आधारमा ।
डिपार्टमेन्ट स्टोर ग्रोसरी मात्र १० बजेदेखि ५ बजेसम्म ।
खानेपानी, स्वास्थ्य खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दुग्धजन्य पदार्थ, दूरसञ्चार, इन्टरनेट क्वारेन्टाइन, आइसोलेसनलगायतका साधन सञ्चालन गर्न पाइने छ ।

बन्द हुने सेवाहरू

होटल तथा रेस्टुरेन्ट (होम डेलिभरि मात्र) ।
सपिङ मल, डिपार्टमेन्ट स्टोर (ग्रोसरी मात्र ) ।
लामो तथा छोटो दूरीका सवारीसाधन ।
तोकिएका बाहेक सबै निजी सवारीसाधन ।
अत्यावश्यक तथा वित्तीयबाहेक सबै निजी व्यवसाय ।
खाद्यान्नबाहेकका सबै पसल तथा व्यवसाय ।
अत्यावश्यक बाहेकका सबै सार्वजनिक सेवा ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com