ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारततर्फको अक्सिजन आपूर्ति रोकियो : देशभित्रकै उत्पादित अक्सिजनले पुग्ने सरकारको दाबी


एबीसी / संवाददाता
बैशाख १४, २०७८ मंगलबार  १२ : ०१ बजे

काठमाडौं, १४ बैशाख । कोरोना भाइरसको सङ्क्रमण जुनसुकै अवस्थामा पुगे पनि देशभित्रकै उत्पादित अक्सिजनले पुग्ने सरकारले दाबी गरेको छ ।

भारतमा अक्सिजनको अभाव भएर धेरै सङ्क्रमितले ज्यान गुमाउनु परिरहेको भए पनि नेपालमा अक्सिजन ग्यास उत्पादनमा कुनै समस्या नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।

अक्सिजन उत्पादनबारे आफूहरुले उद्योगीहरुसँग नियमित छलफल गरिरहेको भन्दै उहाँले नेपालमा चाहिने जति अक्सिजन देशभित्रै उत्पादन भइरहेको बताउनुभयो । अक्सिजन प्लान्ट रहेका अस्पतालहरुमा पूरै उत्पादन गर्नुपर्ने र प्लान्ट नभएका अस्पतालले तत्काल अक्सिजन लिएर राख्न गौतमको आग्रह छ ।

सरकारले देशभित्रकै उत्पादनले पुग्ने भने पनि देशभरका अस्पतालसम्म पुर्याउन भने सिलिन्डरको अभाव हुने देखिएको छ । सिलिन्डर पर्याप्त भए दैनिक ३० हजारभन्दा धेरै बिरामीलाई अक्सिजन दिन सकिने नेपाल अक्सिजन उत्पादक सङ्घका महासचिव नारायणदत्त तिमल्सिनाले बताउनुभएको छ । उद्योगीहरुले तत्कालै ३० देखि ४० हजार सिलिन्डर आयात गर्न पनि सरकारलाई सुझाव दिएका छन् । खाली भएको सिलिन्डर उद्योगसम्म पुर्याउने र उद्योगबाट अस्पतालसम्म पुर्याउन समय लाग्ने भएकाले धेरैजसो सिलिन्डर बाटोमै हुने र बिरामीको लागि थोरै मात्रै सिलिन्डर पुग्न सक्ने भएकाले तत्काल सिलिन्डर आयात गर्नुपर्ने देखिएको अक्सिजन ग्यास उत्पादक सङ्घको भनाइ छ ।

नेपालमा अहिले विभिन्न ठाउँमा २० वटा अक्सिजन उद्योग सञ्चालनमा छन् । ५ ठूला उद्योगसँग झण्डै १२ हजार र अरु उद्योगसँग २ हजारका दरले अक्सिजन सिलिन्डर छन् । देशभर ९० हजार सिलिन्डर रहेको अनुमान गरिए पनि यसको निश्चित लेखाजोखा भने भएको छैन । यसैबीच, सरकारले नेपालमा पिलक्विड अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध हटाइदिन भारतलाई पत्राचार गरेको छ । भारतीय पक्षले भने एक हप्ता पर्खन आग्रह गरेको छ । नेपालमा भारतको झारखण्डमा रहेको लिन्ड इन्डिया अक्सिजन प्लान्टबाट हरेक महिना १५० टन अक्सिजन आपूर्ति हुँदै आएको थियो । तर पछिल्लो समय भारतको केन्द्र सरकारले अक्सिजन निर्यातमा रोक लगाएको छ । अहिले भारतबाट लिक्विड अक्सिजन र सिलिन्डर आउन रोकिएपछि नेपाल सरकारले औपचारिक पत्र पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com