ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अधिकांश निजी र सरकारी अस्पतालमा भेन्टिलेटर पाउन हम्मेहम्मे : यस्तो सम्म भयो भेन्टिलेटर पाउन


एबीसी / संवाददाता
बैशाख १३, २०७८ सोमबार  ८ : ३६ बजे

काठमाडौं, १३ वैशाख । बूढानीलकण्ठ बस्दै आएका ५५ वर्षीय जयप्रसाद पराजुली स्वास्थ्यमा एक्कासि गम्भीर समस्या भएपछि आफन्तको सहायतामा आइतबार टेकु अस्पताल पुगे । अपराह्न १२ बजे अस्पताल पुगेका पराजुलीलाई आकस्मिक कक्षमा राखियो । तर, उनलाई राख्नका लागि टेकु अस्पतालमा भेन्टिलेटर ‘प्याक’ थियो । उनका आफन्त अत्तालिँदै भेन्टिलेटरको खोजी गरिररहे तर पाएनन् ।

कहाँ लैजाने कसरी लैजाने भनेर छटपटिरहेका थिए । भेन्टिलेटरमा राख्नुपर्ने भएकाले आफन्त एम्बुलेन्सको खोजीमा लागे । धन्न चाबहिलस्थित हेल्पिङ हेन्ड्स अस्पतालमा भेन्टिलेटर खाली रहेछ । तर, एम्बुलेन्स चार बजेसम्म पनि आइपुगेन । आफन्त निकै अत्तालिएका थिए । अन्ततस् बा १७ च २५६३ नम्बरको एम्बुलेन्स बिरामी लिन आइपुग्यो । चार घण्टाको बिरामी र आफन्तको रोदनले त्यहाँको वातावरण निकै भावु्क बन्न पुगेको थियो ।

टेकु अस्पतालमा दैनिकजसो नै भेन्टिलेटरको खोजीमा बिरामीको भिँड लाग्ने गर्छ । तर, अस्पतालमा भएको भेन्टिलेटर खचाखच भएपछि बिरामी र उनीहरूका आफन्त अन्यत्र जान बाध्य हुने गरेका छन् । अहिले कोभिड–१९ को उपचार हुने मुख्य केन्द्र मानिएको टेकु अस्पतालमा मात्र होइन, देशभरका अधिकांश निजी र सरकारी अस्पतालमा भेन्टिलेटर पाउन हम्मेहम्मे हुन थालेको छ ।

टेकु अस्पताल पुगेका एक गम्भीर संक्रमितका आफन्तले भने, ‘सास फेर्न गाह्रो भइरहेको छ बिरामीलाई । भेन्टिलेटर नै छैन भनेर भन्नुभयो । कहाँ लैजाने कसो गर्ने तनावमा छौं, यस्तो संकट त कसैलाई पनि नपरोस् ।’ स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल १० जना भेन्टिलेटरमा, नौ जना आईसीयू र ४७ जना आइसोलेसनमा उपचाररत छन् । देशभर हाल ३ सय १७ जना कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् । जसअन्तर्गत २ सय ५२ जना आईसीयू र ६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com