ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाको बढ्दो जोखिमबारे छलफल गर्न प्रधानमन्त्रीले डाके बैठक (यस्तो भयो छलफल)


एबीसी / संवाददाता

काठमाडौ, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको बढ्दो जोखिमबारे  सरोकारवाला पक्षहरुसँग शनिवार छलफल गर्नुभएको छ  । छलफलमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिमा आवद्ध उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ८ मन्त्री, १२ जना सचिव, सुरक्षा अंगका प्रमुखहरु र अन्य केही कर्मचारीको संलग्नतामा रहेको थियो । दिनदिनै संक्रमितको संख्या बढ्दै गएको अवस्थामा कस्ता रणनीति अपनाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा प्रधानमन्त्रीलाई सीसीएमसीले ब्रिफिङ गरेको हो ।

संक्रमण नियन्त्रणका लागि तत्काल लकडाउन गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने विषयमा प्रधानमन्त्रीले अवस्था हेरेर निर्णय गर्न सक्ने अवस्था छ ।

स्वास्थ्य मन्त्रालयले भने जोखिम कम नभएकाले लकडाउनसम्म गर्नुपर्ने सीसीएमसीलाई प्रस्ताव गरेको छ । सरकारले अहिलेको अवस्थामा लकडाउन गर्न सकिने अवस्था नभएको जनाएको छ । सीसीएमसीको ब्रिफिङपछि प्रधानमन्त्रीले कोरोना नियन्त्रणका लागि कस्तो कदम चाल्न सक्छन भन्ने विषयमा सबैको चासोको विषय बनेको छ ।

बैठकमा सरकारले बैशाख ६ गते जारी गरेको आदेश कतैबाट पनि पालना नभएको बारे चर्चा भएको थियो । सरकारी आदेश र निर्णयको कार्यान्वयन नहुँदा जोखिम बढ्ने भन्दै विभिन्न विकल्पहरुका बारेमा छलफल भएको थियो ।

यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने र कार्यकालमा आधा कर्मचारीमात्र राख्ने प्रावधानमा जानुपर्ने हुन सक्ने सरकारी कर्मचारीहरुले बैठकमा प्रधानमन्त्री समक्ष सुझाव राखेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com