ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुस्ताङ र घुन्सामा हिमपात


एबीसी / संवाददाता

९ वैशाख  :
मुस्ताङको घरपझोङ गाउँपालिका–१ का ७८ वर्षीय जीतबहादुर रसायलीले बुधबार साँझ पहिलो पटक वैशाखमा हिउँपरेको देख्नुभयो । मुस्ताङमा मङ्सिरदेखि फागुनसम्म मात्रै हिमपात हुँदै आएको थियो । यो वर्ष लामो समय नपरेको हिउँ वैशाखको दास्रो साता पर्न शुरु भएको हो । उमेरले ८० को नजिकैरहनु भएका जीतबहादुरजस्ता यहाँका ज्येष्ठ नागरिकले कहिलै वैशाखमा हिउँ परेको देख्नुभएको थिएन ।

अचानक वैशाखमा हिउँ परेपछि यहाँका नागरिक दङ्ग परेका छन् । हिमाल पारीको जिल्ला मुस्ताङमा बुधबारसाँझदेखि हिमपात भएको छ । मङ्गलबार दिउँसोदेखि मुस्ताङका सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । “मौसम परिवर्तनको असर भन्छन्, जीवनभर नदेखेको देख्नु प¥यो”, रसायलीले भन्नुभयो ।

बेसिजनमा भइरहेको हिमपातले खेतीपातीका लागि खासै फाइदा नगर्ने स्थानीय किसान बताउँछन् । मुस्ताङका गाउँ हिउँले ढाकेकाले यहाँको पर्यटनमा भने सहयोग गर्ने रसायलीले बताउनुभयो । अधिकांश भू–भाग हिउँले ढाकेकाले चिसो बढेको छ । हिउँले जमीनको सबै भूभाग छोपेको छ । दैनिक रूपमा पोखरा जोमसोम उडान भर्ने हवाईजहाज पनि आउन सकेका छैनन । हिमपातका कारण आजका सबै उडान रद्द हुनसक्ने नागरिक उड्डयान कार्यालय मुस्ताङका प्रमुख दीपक विकले बताउनुभयो ।

हिउँले ढाकेकाले सडक हिलाम्मे भएको छ भने जिल्ला बाहिरबाट आउने सवारीसाधन निकै कम आवतजावत भएका छन् । मुस्ताङ आउने पर्यटकलाई केही असहज भएको होटल व्यवसायी बताउँछन् । बेमौसमी हिउँका कारण दैनिक रूपमा गर्ने कार्यमा सामान्य समस्या आएको छ भने मुक्तिनाथ दर्शन गर्न र कोरला नाकासम्म जाने पर्यटक तथा तीर्थालुलाई सास्ती भएको पत्रकार आदित्य रसायलीले बताउनुभयो ।

यसैबीच फुङ्लिङ–ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा आज बिहानैदेखि हिमपात भएको छ । समुद्र सतहदेखि तीन हजार ५०० मिटर उच्चाइमा अवस्थित घुन्सामा हिमपात भएको हो । हिमपात भएपछि विद्यालयमा विद्यार्थी प्रभावित बन्न पुगेको घुन्सा आधारभूत विद्यालयका शिक्षक केल्साङ शेर्पाले बताउनुभयो ।

हिमपता भएपछि अत्याधिक चिसो मौसम हुने भएकाले कक्षा कोठामा बसेर पढ्न समस्या भएको शिक्षक शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो, “आज बिहानदेखि नै हिउँ परिराछ । विद्यालय बिदा गरौँ भने परीक्षा आइसक्यो, पढाउँनै प¥यो । पढाउँदानी हिमतापका कारणले मौसम एक दम चिसो भएको छ ।” हिमपातले चौंँरी साथै पशुपालकलाई पनि चिसोका कारणले समस्या भएको स्थानीयवासी पेमा शेर्पाले बताउनुभयो । ताप्लेजुङमा बिहानदेखि नै वर्षासँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । (रासस)
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com