ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड–१९ बाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन अर्थ मन्त्रालयलाई आग्रह


एबीसी / संवाददाता
बैशाख ७, २०७८ मंगलबार  ८ : ४२ बजे

काठमाडौ, ७ वैशाख ।  कोभिड–१९ बाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई राहतका कार्यक्रम ल्याउन नेपाल पत्रकार महासङ्घले अर्थ मन्त्रालयलाई आग्रह गरेको छ ।  महासङ्घको नवनिर्वाचित पदाधिकारीले मङ्गलवार (आज) अर्थ मन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी पत्रकार र मिडियाका समस्यालाई सम्बोधन गर्ने गरी बजेट ल्याउन आग्रह गर्नुभएको हो ।

महासङ्घका अध्यक्ष विपुल पोख्रेलले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनालाई विशेष प्राथमिकता दिन अनुरोध गर्नुभयो । उहाँले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापनाले पत्रकारको क्षमता अभिवृद्धिका साथै व्यावसायिक र मर्यादित हुन थप सहयोग पुग्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

वरिष्ठ उपाध्यक्ष रमेश विष्टले पत्रकारहरूलाई प्रत्यक्ष लाभ पुग्ने गरी कोभिडबाट अति प्रभावित पत्रकारहरूलाई थप लेखन वृत्तिको व्यवस्था गर्न आवश्यकता रहेको बताउनुभयो ।

महासचिव रोशन पुरीले पत्रकार कल्याणकारी कोषको स्थापना र ज्येष्ठ पत्रकार सम्मान वृत्तिलाई सम्बोधन गर्न आग्रह गर्नुभयो । उहाँले श्रमजीवी पत्रकारका समस्या समाधानमा सरकारको सहयोगको अपेक्षा गर्नुभयो ।

पत्रकार महासङ्घका पदाधिकारीले पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्न, नेपाल पत्रकार महासङ्घको भवनमा पूर्वाधार बढाउने लगायतमा सहयोग गर्न पनि आग्रह गरेका थिए । उनीहरूले पत्रकार महासङ्घको महाधिवेशन र चुनावका लागि सरकारले आर्थिक सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे ।

भेटमा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रेस स्वतन्त्रताको प्रवर्द्धन र व्यावसायिक पत्रकारिताको विकासका लागि सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले आलोचना र प्रश्नहरू लोकतन्त्रका सुन्दर पक्ष रहेको भन्दै तथ्यलाई विशेष ध्यान दिन आवश्यक भएको धारणा व्यक्त गर्नुभएको थियो । अर्थ मन्त्री पौडेलले महासङ्घका पदाधिकारीले राखेका माग सम्बोधनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com