ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली नेतृत्वकाे सरकारलाई हटाएर लाेकतन्त्र पक्षधरहरूकाे सरकार बनाउन छिट्टै निष्कर्षमा पुग्छाैँ– नेता श्रेष्ठ


एबीसी / संवाददाता

काठमाडौ, ७ वैशाख ।   नेकपा(माओवादी केन्द्र) ले वर्तमान सरकारलाई हटाएर लोकतन्त्र पक्षधरहरुको सरकार बनाउने सम्बन्धमा छिट्टै निष्कर्षमा पुग्ने निर्णय गरेको गरेको छ । मंगलबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा भएको स्थायी कमिटीको बैठकले वर्तमान सरकारले राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्नेगरी बाह्य हस्तक्षेपलाई आमन्त्रण गरिरहेको भन्दै प्रतिगमनका विरुद्ध संघर्ष गर्ने लोकतन्त्र पक्षधरहरुको सरकार बनाउन छिट्टै निष्कर्षमा पुग्ने निर्णय भएको नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘कम्युनिष्ट आन्दोलनलाई क्षत्विक्षत् पार्ने उद्देश्यसहित विर्सजनवादी आक्रमण गरेको नेपालको राष्ट्रिय स्वाधिनतालाई कमजोर पार्नेगरी बाह्य हस्तक्षेपलाई आमन्त्रण गरिरहेको परिस्थितिमा यो प्रतिगामी सरकारलाई हटाएर प्रतिगमनका विरुद्ध संघर्ष गर्ने संविधान र लोकतन्त्र पक्षधरहरुको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्ता र सम्वादलाई तिव्र रुपमा घनिभुतता दिने र छिट्टै यस सम्बन्धमा निष्कर्षमा पुग्ने भन्ने निर्णय लिइएको छ ।’

बैठकले देशमा कोभिड–१९ को दोस्रो लहर आएकाले कोभिड–१९ को संक्रमणबाट बच्न र बचाउन सहजीकरणको काम गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशित समेत गरेको छ । सरकार कोभिड–१९ संक्रमणको नियन्त्रण र व्यवस्थापन प्रति गम्भिर नभएको भन्दै बैठकले सरकारलाई आफूले घोषणा गरेका आचरणहरुलाई लागू गर्न पनि आव्हान समेत गरेको छ । नेता श्रेष्ठले भन्नुभयो ‘अहिले देशमा फेरी कोभिड–१९ को दोस्रो लहरले तिव्र रुप लिन थालेको छ । यस सन्दर्भमा हाम्रो पार्टीले आफ्नो सम्पूर्ण पार्टीका नेता, कार्यकताहरुलाई सहजीकरण र सहयोगका कामहरुमा संलग्न भएर संक्रमणबाट बच्न र सिङ्गो समाजलाई संक्रमणबाट बचाउन वा संक्रमितहरुलाई सहयोग गर्न निर्देशित गरेको छ । यस सन्दर्भमा सरकारले आफैले गरेको निर्णयहरुको विरुद्ध आचरण गरेकोमा सरकार कोभिड–१९ संक्रमणको नियन्त्रण र व्यवस्थापनप्रति गम्भिर नभएका कुराका निम्ति हामीले दुःख पनि प्रकट गरेका छौँ । आफैले घोषणा गरेका सम्पूूर्ण आचरणहरुलाई लागू गर्न सरकारलाई हामीले आव्हान पनि गरेका छौँ ।’

सरकारले संसदको अधिवेशन अस्वभाविक र हठात ढङ्गले अन्त्य गरेकोमा स्थायी कमिटीले भत्र्सना समेत गरेको छ । संसद अधिवेशन अन्त्यलाई सरकारको अलोकतान्त्रिक, निरङ्कुश र स्वेच्छाचारी कमदको अभिव्यक्तिको रुपमा लिएको नेता श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘अधिवेशनको अन्त्यको सन्दर्भमा जसरी सरकारले हठात, अस्वभाविक ढङ्गले निर्धारित बैठकको नीति र समय निश्चित भएकै अवस्थामा र आजको अवस्थामा संसदको अधिवेशलाई प्रभावकारी र उपलब्धीमुलक बनाउनुपर्ने परिस्थितिमा संसद अधिवेशन हठात अन्त्य गर्ने काम ग¥यो । त्यो अलोकतान्त्रिक, निरङ्कुश र स्वेच्छाचारी कदमको अभिव्यक्ति हो त्यो कदमलाई भत्र्सना पनि पार्टीले गरेको छ ।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ नेता श्रेष्ठले वर्तमान सरकारलाई आफ्नो पार्टीको समर्थन नरहेको पनि स्पष्ट पार्नु भएको छ । देशमा चुनाव घोषणा हुने र चुनाव नहुने गरी संविधान र लोकतन्त्रमाथि खतरा पैदा हुने स्थिति नआओस् भन्नका लागि आफुहरुले सुविचारित ढङ्गले कदम चाल्ने पनि बतानउनुभयो । उहाँले भन्नुभयो ‘यो सरकारलाई हाम्रो समर्थन छैन । यो सरकारलाई हामीले कसरी अहिले औपचारिक रुपमा समर्थन नरहेको कुरा लेखेर दिने भन्ने मात्रै बाँकी छ । यो सरकारलाई विस्थापित गरेर वैधानिक रुपले अर्को सरकार बनाउने प्रक्रियाको पहलकदमी र नेतृत्व गरिरहेको हाम्रो पार्टीले यो सरकारको समर्थनलाई कुनैपनि कोणबाट अगाडी बढाउन सक्दैन । राजनीतिक अन्योलको स्थिति सिर्जना नहोस् । यो देशमा संविधान र लोकतन्त्रमाथि खतरा हुनेगरी चुनाव घोषणा हुने र चुनाव चाहिँ नहुने स्थितितिर देश नधकेलियोस् । त्यसकारणले हामीले सुविचारित ढंगले कदम चाल्ने पक्षमा मात्रै हौँ । त्यसैले यसमा कुनै भ्रम नराखे हुन्छ ।’

केन्द्रीय कार्यालयको तर्फबाट बैठकमा रिर्पोटिङ गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुको मुख्य कार्यभार वर्तमान राजनीतिक परिवर्तनको रक्षा गर्नु र देशभक्त शक्तिहरु एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याएको नेता श्रेष्ठले जानकारी दिनुभयो । वर्तमान सरकारको विस्थापन केवल सरकारको विस्थापन मात्रै नभई राष्ट्रियता र लोकतन्त्रको रक्षा गुर्नपनि रहेको अध्यक्ष प्रचण्डको भनाई उदृत गर्दै नेता श्रेष्ठले भन्नुभयो । ‘राजनीतिक परिवर्तनको रक्षा गर्नु हाम्रो मुख्य कार्यभार हो । राष्ट्रिय स्वाधिनताको रक्षाको निम्ति पनि त्यत्तिकै गम्भिरतापूर्वक अगाडी बढ्नुपर्छ । त्यसको निम्ति मुख्य दोषी देश भित्रैको सत्ताधारी हुन् जसले आफ्नो निहित स्वार्थका लागि राष्ट्रिय स्वाधिनताको पक्षलाई सौदाबाजी वा त्यस्तै प्रकारको खेलको रुपमा प्रयोग गरिराख्या छन् ।

त्यसकारणले हामी राष्ट्रिय स्वाधिनताको रक्षाको लागि पनि गम्भिर हुनुपर्ने, सम्पूर्ण देशभक्त शक्तिहरु एकताबद्ध हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभएको छ । यो सबै प्रक्रियामा निमित्त नायक केपी ओलीको सरकार भएको छ । त्यसैले यो सरकारलाई अपदस्त गर्नु वा अर्को सरकार बनाउनु खालि सरकार फेर्नु मात्रै होइन राष्ट्रिय स्वाधिनताको प्रश्न, लोकतन्त्रको प्रश्नमा आफ्नो सकारात्मक भूमिका खेल्नु र राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्नुपनि हो भनेर उहाँले बैठकमै राख्नुभयो ।’

स्थायी कमिटीको बैठक बुधबार (भोलि) दिउँसो १ बजे पुनः बस्ने बताइएको छ । बुधबारको बैठकमा पार्टीको विधान संशोधन लगायतका विषयमा छलफल हुने नेता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com