ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इँटा उद्योगहरूले खेतीयोग्य जमिन नष्ट : जनप्रतिनिधी रमिते ( भिडियोसहित)


एबीसी / संवाददाता
बैशाख ५, २०७८ आईतबार  १२ : ३० बजे

काठमाडौं, ५ बैशाख ।  धान सुपर जोन क्षेत्र दक्षिणी झापाको कचनकवल गाउपालिकामा सञ्चालित इँटा उद्योगहरूले खेतीयोग्य तथा खोला किनार क्षेत्र मासिने ढंगले गरीरहेको माटो खन्ने काम जारी छ । उत्खनन कार्यविधि गाउपालिकाले बनाउनु भन्दा घरेलु तथा साना उद्योग कार्यालयले हेर्ने उनको भनाई छ ।

तर गाउँपालिकाले हालसम्म नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि नवनाउ“दा एउटा राम्रो खेतीयोग्य जमीन भने नष्ट भैसक्न लागेको छ । सरकारले करोडौं रुपैया लगानी गरी कचनकवल गाउँपालिकालाई धान सुपर जोन क्षेत्र घोषणा गरेको छ । तर धान सुपर जोन क्षेत्रभित्रकै वडा नम्बर ५, ६ र ७ मा ६ वटा चिम्नीसहितका पाँच वटा इँटा उद्योग सञ्चालित छन् । धान सुपर जोन क्षेत्रमा नुर आलमको ज्योति इँटा उद्योग, अजिम आलम र सैफुदिन हकको एसविआइ इँटा उद्योग, नुर आलमकै प्रेम इँटा उद्योग, विष्णु घिमिरेको चण्डी इँटा उद्योग र रहिम आलमको स्टार इटा उद्योग सञ्चालनमा छन् । गाउँपालिका भित्र र पालिका बाहिर सञ्चालित ईटा उद्योगीहरूले दैनिकजसो लापरबाहीपूर्ण तरिकाले जेसिभी प्रयोग गरी जमिन खनेर टिपरमा हालेर माटो लैजादा समेत स्थानीय जनप्रतिनिधि रमिते बनेको स्थानीय किसानले आरोप लगाएका छन् । खोलासंगै रहेको सरकारको ऐलानी जमिन समेत इटा उद्योगीले बाकी नछाडेको किसानहरू बताउछन् ।

वडा नम्बर ६ र ७ को सीमामा पर्ने वडझोडा पैनी अहिले खोलामा परिणत भएको छ । पैनी नजिकै सञ्चालित चण्डी इँटा उद्योगले स्थानीय किसान भक्तबहादुर कटवालको निजी जमिन र पैनीको माटो निकालेर निजी जमिन पुर्नुका साथै उद्योगमा समेत प्रयोग गरिरहेको किसानहरुको भनाइ छ ।

इँटा बनाउने चाहिने मुख्य कच्चा पदार्थ भनेकै माटो हो, ती उद्योगहरूले त्यही आसपासका खेतीयोग्य जमिन, खोला तथा खोला आसपासका क्षेत्र खनेर माटो प्रयोग गर्दै आइरहेका छन् । उद्योगी घिमिरेले खोला नियम विपरीत खनेपछि त्यहाँका किसानले गाउपालिकामा मौखिक जानकारी गराउनुका साथै उजुरी पनि दिएका छन् । किसानले जानकारी गराएपछि गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीसहितको टोली घटनास्थल पुगेर खोलाको अवलोकन पनि गरेको थियो ।

अवलोकनको क्रममा खोला मासेको पाइएपछि त्यसलाई ढाकछोप गर्न उद्योगी घिमिरेले अहिले जेसिभी प्रयोग गरेर धमाधम खोला मिलाउने काममा गरिरहेको रिपोर्टिङको क्रममा भेटियो । वडा नम्बर ७ स्थित गाउँपालिकाको भवन निर्माण स्थल नजिकैबाट बग्ने वडझोडा खोला समेत इँटा उद्योगीहरूले मासेका छन् । बर्खाका बेलामा डुबान हुने त्यस खोला आसपासका क्षेत्रको माटो ज्योति इँटा उद्योगले अवैध रुपमा उत्खनन् गरेको स्थानीयको आरोप छ । उद्योगले खोला नजिकै जथाभाबी जेसिभी प्रयोग गरेर उत्खनन गर्दा खोलाको स्वरूप नै परिवर्तन भएको छ । अहिले खोलाको गहिराई र जमिनको गहिराई एउटै भएको छ । इँटा उद्योगको दादागिरीका कारण केही गर्न नसकिएको वडा नम्बर ७ का वडाध्यक्ष भरतकुमार राजवंशी बताउँछन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाले गत आर्थिक वर्ष २०७६–७७ देखि कचनकवल गाउ“पालिकामा प्रधानमन्त्री आधुनिकीकरण परियोजना अन्तर्गत मत्स्य उत्पादन बल्क कार्यक्रम सुरु गरेको छ । बल्क कार्यक्रममा यहा“का १३ जना किसानले केन्द्रबाट अनुदान पाएका छन् । मत्स्य उत्पादन ब्लकमा सहभागी हुने किसानले पोखरी खन्दा १ मिटरदेखि साढे दुई मिटर (३ फिटदेखि ८ फिट सम्म) खन्नुपर्छ । तर, गाउ“पालिकामा माछा पोखरीको नाममा खनिएका जमिन ८ फिटभन्दा बढी गहिराईसम्म खनिएको पाइएको छ । त्यहा“बाट निस्किएको सबै माटो इ“टा उद्योगीलाई बेच्न गरेको पाइएको छ । त्यत्तिकै पनि पोखरी खनिएको स्थान बर्खायामको डुबान क्षेत्र हो । त्यसमा पनि यसरी जथाभावी दोहन गरिएपछि के होला भन्ने कसैले अनुमानसम्म गर्न सक्दैन । कृषि उत्पादन क्षेत्र भएकोले त्यसको संरक्षण तथा प्रवद्र्धन गर्ने प्रमुख दायित्व स्थानीय सरकारको हो । तर, स्थानीय सरकारले चासो नदेखाएको वडाध्यक्ष भरतकुमार राजवंशीको भनाई छ ।

खेतीयोग्य जमिन र खोला किनार जथाभावी दहन गरेर माटो उत्खनन गर्दै आए पनि त्यसलाई रोक्न गाउँपालिकाले कुनै कार्यविधि बनाएको छैन । माटोको सहज आपूर्ति गर्ने, सतह नमिलेको खेतीयोग्य जमिनको सतह मिलाउने, माछा पोखरी निर्माण गर्दा बढी भएको माटो बिक्री वितरण गर्ने लगायतका कार्यहरुलाई व्यवस्थित र नियमित गर्नका लागि कार्यविधि तयार पारी कार्यान्वयन गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४, तथा १ नम्बर प्रदेश सरकार नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ अनुसार उत्खनन एवं ओसारपसार कार्यविधि बनाउनु पर्ने हो । तर, त्यस्तो कुनै कार्यविधि गाउ“पालिकामा नहुँदा इँटा उद्योगीले मनपरी माटो उत्खनन गरी प्रयोग गर्न सकेका हुन् । माटो कारोबारीले पनि गाउँपालिकालाई कुनै राजश्व नतिरेर त्यहाँको माटो अन्य पालिकाहरूमा बेचिरहेका छन् । गाउँपालिका उपाध्यक्ष निमसरि राजवंशीले पालिकाले हालसम्म माटो उत्खनन कार्यविधि नबनाएको स्वीकार्छिन् । उत्खनन कार्यविधि गाउँपालिकाले बनाउनु भन्दा घरेलु तथा साना उद्योग कार्यालयले हेर्ने उनको भनाई छ । तर कार्यविधि कसले बनाउने भन्ने हनाथापमै एउटा राम्रो खेतीयोग्य जमीन भने नष्ट भैसक्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

सम्बन्धित

टुँडिखेलमा सेनाको घोडेजात्रा

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

लारिजानी हत्याको निर्णायक बदला लिन्छौं–इरान

काठमाडौं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

इजरायलले इरानीहरूलाई विद्रोह गर्न उक्साउँछ, तर गोप्य मूल्यांकन : ‘सडकमा उत्रिए नरसंहार हुनेछ’:वाशिंगटनपोष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com