ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध नेपाल बनाउन नयां उद्योग निति बनाउ : उपराष्ट्रपति पासाङ


sharan sharan

बुटवल, ६ पुस ।
उपराष्ट्रपति नन्दकिशोर पुन पासाङले थोरै महंगों भए पनि आफ्नो देशमा उत्पादित बस्तु प्रयोग गर्दा देशको अर्थतन्त्र बलियो हुने बताउनुभएको छ ।
बुटवल उद्योग संघ र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा आजबाट बुटवलमा सुरु भएको १४ औ राष्ट्रिय औद्योगिक प्रदर्शनीको उदघाटन गर्दै उपराष्ट्रपति पुनले सस्तो सामान खरिद गर्ने र मुनाफा धेरै लिएर रातारात धनि हुने मानसिकता बाट मुक्त हुन ब्यवसायीहरुलाई आग्रह गर्नुभयो । उहांल पुरानो औधोगिक नितिलाई परिबर्तन गरि नयां उधोग निति बन्न आवश्यक रहेको बताउंदै राज्यको उद्योग निती निर्यातमुखि बन्न जरुरी रहेको बताउनुभयो ।
उपराष्ट्रपति पुनले विभिन्न कालखण्डका आन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनको उपलब्धीहरुलाई संस्थागत गरेको नयां संविधान कार्यान्वयनलाई सुखद पूर्णता दिंदै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भर्खरैमात्रै सम्पन्न भएको भन्दै निर्वाचनमा आफ्नो सार्वभौम मताधिकार प्रयोग गर्नुहुने आम मतदाताहरुमा बधाई ज्ञापन गर्नुभयो ।
कार्यक्रममा बोल्दै एमाले उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य बिष्णु पौडेलले बुटवललाई प्रदेश केन्द्र बनाउनबाट दांयाबांया बनाउन खोजिए आन्दोलनको आंधी सृजना हुने चेतावनी दिनुभयो ।
मुल आयोजक समितीका अध्यक्ष दिनेश राज रेग्मीले सरकारले जिम्मा दिए बुटवलमा निजीक्षेत्रले स्थायी प्रदर्शनी स्थल बनाउन तयार रहेको बताउनुभयो ।
५ सय बढी स्टलहरु रहेको प्रदशनीमा स्वदेशी उत्पादनहरु मात्र उपलब्ध रहेको आयोजकले दाबी गरेकाछन् । १२ दिन सम्म चल्ने प्रदर्शनीमा ६ लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com