ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक गतिरोधको निकास– सर्वदलीय सरकार र ताजा निर्वाचन


ABC NEWS
चैत्र २६, २०७७ बिहीबार  ९ : ३५ बजे

असंवैधानिक ढंगले गरिएको प्रतिनिधिसभा पुनस्र्थापना भएपछि राजनीति झन गिजोलिएको छ । त्यसमाथि फागुन २३ को सर्वोच्चको अनाधिकृत फैसलाले बहुलदलीय राजनीतिक प्रणालीको नै हुर्मत लिएको नतिजा विस्तारै देखिन थालेको छ । त्यो फैसलाको जुन तहमा विरोध र भण्डाफोर हुनु पर्दथ्यो त्यो नहुनुको दुष्परिणाम मुलुकले निकै लामो समयसम्म खप्नु पर्ने निश्चित छ ।
त्यही फैसलाका कारण बर्तमानमा राजनीति झन जटिल मोडमा प्रवेश गरेको छ । तीन वर्ष अघि मुलुक एक स्थिर र सरल बाटोमा अघि बढ्ने आशा र खुशीयालीको सपना एकैपटक चकनाचुर मात्र भएको छैन कि भविष्यको क्षितिज समेत अन्धकार बाहेक केही गोचर हुंदैन । तीन वर्ष पहिले निर्माण भएका राजनीति संरचनाहरु धमाधम भत्कन थालेका छन् । प्रकारान्तले योजनाबद्ध रुपमा भत्काइंदैछ । केन्द्र सरकार घडीको पेन्डुलम जस्तो बनेका बेला प्रदेश सरकारहर अपाङ्ग बन्दै छन्, अबको केही महिनामा स्थानीय तह पङ्गु बन्ने निश्चित छ । राजनीतिक प्रणाली र संस्थाहरुप्रतिको वितृष्णा मुलुकका लागि सबैभन्दा महंगो पर्ने मूल्य हो ।
यति नै बेला नेपाली राजनीतिको केन्द्र भागमा भूराजीतिक औजारको सुदर्शन चक्र नाचिरेहको छ । त्यसले ककसलाई कसरी डस्ने हो भन्ने कुनै यकिन छैन । निश्चित के छ भने नेपाली राजनीतिक खेलाडी सबैलाई नराम्रोसंग घाइते बनाउने अवश्यंभावी छ । राजनीतिक दल र तिनका नेतृत्व एकले अर्कालाई दनक दिने सनातनी रोगबाट मुक्त भएका छैनन् । तर त्यसको मूल्य देशले चुकाउनु पर्ने निश्चित छ । राजनीतिक दलका सवै आदर्श र मूल्य समाप्त भएका छन् । केवल अहं र उन्माद बाहेक केही बांकी छैन । यस्तो अन्ध वेगले विनाश बाहेक केही पनि हात लाग्दैन ।
चौतर्फी निराशाको बेला भूराजनीतिक शक्तिको फणा फिंजारिएको अवस्थामा फेरि पनि राजनीतिक दलहरुले सम्हालिनुको कुनै विकल्प छैन । एकले अर्कालाई देखाउने अध्याय सम्भवत समाप्त भएको निश्कर्षमा पुग्दा मात्र नयां चरणमा प्रवेश गरेर सहमति खोज्न सकिन्छ । बाह्य शक्तिले फिंजाएको फणा सहजै बन्द हुने देखिंदैन । तसर्थ सत्तारुढ दलको उन्माद र विपक्षी दलहरुको चाहना दुवै पुरा हुने कुनै सम्भावना छैन । यस्तो अवस्थामा यथास्थितिबाट माथि उठेर नयां परिस्थितिका लागि राजनीतिक सहमति खोज्नु पर्दछ । त्यसका लागि मौजुदा संसदमा सहभागी सबै दलको सर्र्वदलीय सरकार बनाएर नयां चुनावमा जानु बाहेक अर्को कुनै विकल्प हुन सक्दैन । कुनै पनि कारणबाट त्यसभन्दा तल वा दायां बायां बाह्य शक्ति केन्द्रहरुले हलचल गर्न दिने अवस्था छैन । यद्यपि यही सहमतिका लागि पनि उनीहरु तयार हुने छैनन् । तर संसदमा रहेका कुनै पनि दलले नहार्ने र सबैले जित्ने यो बाहेक अर्को कुनै विकल्प पनि हुन सक्दैन ।
हिजो कुन दलका के मान्यता राखेका थिए, कसको अडान के थियो, कसले कहां के बेइमानी ग¥यो भन्ने कुरा यतिबेला तपसिलको कुरा हो । जसरी ०६९ सालमा नयां निर्वाचनका लागि सहमत हुन बाध्य हुनु परेको थियो त्यसैगरी । अहिले त्यो अवस्थामा नपुग्न र दलहरुको हातबाट राजनीतिक कमाण्ड अझै पनि बाहिर जान नदिन सर्वदलीय सरकार बनाएर नयां चुनावमा जानु बाहेक अर्को कुनै विकल्प छैन । अन्यथा मुलुक अराजनीतिक सरकारको बाटोबाट अध्यांरो सुरुङमा प्रवेश गर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

सम्बन्धित

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

थिति बसाल्ने संकल्प र नागरिक करारको राजनीति, रास्वपाको ‘वाचा पत्र २०८२’, निर्वाचन परिणाम र जनअपेक्षाको नयाँ अध्याय

रास्वपामा ‘राइट टु रिकल’ कडाइका साथ लागू हुने, सांसदलाई अनुशासनमा बस्न रवि लामिछाने को कडा चेतावनी (सम्वोधनको सार यस्तो)

खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com